News Category 2082/02/21
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
नवीनकुमार गुप्ता
राजविराज, २१ जेठ ।
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन भएपछी विभिन्न विकासीय योजनाहरु अलपत्र हुने भएको छ ।
गत साता मात्र नगरपालिकाकै सरसफाई कर्मचारीहरु गत वर्षको १६ दिनको बाँकी रहेको तलबको माग गर्दै आन्दोलित भएका थिए । उनीहरुको माग पुरा भए लगत्तै गत वर्षको माघ १ गते नगरपालिकाको गाडीबाट जिल्लाको बादेबरसाइन नगरपालिकाका एक बालक घाइते भएपछी उनको उपचार खर्चको माग गर्दै परिवारजन र स्थानीय नगरपालिकामै धर्ना बसेका थिए ।
नगरपालिकाले घाइतेको उपचार खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाएपछी सो आन्दोलन पनि स्थगित भयो । धर्ना आन्दोलन स्थगित भए लगत्तै नगरपालिकाकै कर्मचारीहरु विभिन्न ११ बुँदे माग राख्दै बुधबारदेखी आन्दोलनमा उत्रेका छन् । राजविराज नगरपालिका कार्यालयमा एकपछि अर्को आन्दोलनका कारण विभिन्न कामकाज अस्तव्यस्त हुन थालेको छ ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समिति राजविराज नगरपालिकाकी अध्यक्ष कल्पना देवको अगुवाईमा नगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष जयनारायण मण्डललाई बुझाइएको ज्ञापन पत्रमा ११ बुंदे मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरिएको छ ।
ज्ञापनपत्रमा नगरपालिकाको कार्यपालिकाको कानुन सम्मत निर्णय नमान्ने र आफुखुशी स्वेच्छाचारी ढंगले काम गर्ने प्रमुख प्रशासकिय अधिकृत डा.श्रवण साह र कर्मचारीको मानसम्मान माथी पटक÷पटक आघात पु¥याउने गरी काम गर्ने योजना शाखाका प्रमुख मनोज कुमार यादवमाथी कारवाही गर्दै सरुवा गर्नु पर्ने प्रमुख माग राखिएको छ ।
यस्तै १५ वर्षदेखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक कुमार दासलाई कार्यपालिकाको निर्णय बगैर एकलौटी ढगले प्रमुख प्रशासकिय अधिकृत डा.साहले करार सम्झौता भंग गरेको निर्णय फिर्ता लिनु पर्ने, गत आ.ब.२०८०÷०८१ मा वडा कार्यालयमा काम गरे वापत दैनिक ज्यालादारी कर्मचारीको बाँकी रहेको १६ दिनको तलब अविलम्ब भुक्तानी गर्नुपर्ने, कर्मचारीको दुर्घटना बिमाको व्यवस्था तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत बरिष्ठतम कर्मचारीलाई मात्र दिनु पर्ने लगायतका माग अघि सारिएको छ ।
ज्ञापनपत्र मार्फत उक्त मागहरु पुरा नगरिए जेठ २२ गते विहिवारदेखी कालो पट्टी बाँधेर काम गर्ने तथा दैनिक २ घण्टा पेन डाउन गरी धर्ना, जेठ २५ गते प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी तथा जेठ २८ गतेदेखी असार १ गते सम्म अतिआवश्यक सेवा बाहेक सबै कामकाज बन्द गरी धर्नामा वस्ने कार्यक्रम घोषणा गरिएको छ । त्यसपछी पनि माग सम्बोधन नभए दोश्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रको बोदार्थ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा. श्रवण साह, पत्रकार महासंघका सभापती श्रवण कुमार देवलाई समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ