News Category 2082/02/22
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा विहिबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको दुई वटा वडामा वृक्षारोपण गरिएको छ ।
प्लाष्टिक प्रदुषण नियन्त्रण हाम्रो दायित्व नाराका साथ सो गाउँपालिका वडा नं. ४ स्थित रामजानकी मन्दिर नजिक जिता नदीको बाँधमा महगनी, सिसौ लगायत विभिन्न जातका सय वटा विरुवा रोपियो । गाउँपालिकाको समन्वय तथा ग्रामीणमुखि युवा अभियान नेपाल÷एईआईएन लग्जेम्बर्ग, सबल नेपाल, समावेशी अपाङ्ग संघ÷सिविएम ग्लोबल सँगको सहकार्यमा सो ठाउँमा वृक्षारोपण गरिएको हो ।
वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखियाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सबल नेपालका कार्यक्रम संयोजक मनिष महर्जन, ग्रामीणमुखि युवा अभियान नेपालका कार्यक्रम संयोजक ओम प्रकाश चौधरी, समावेशी अपाङ्ग संघका उपाध्यक्ष कपिलदेव मण्डल र ज्ञानेन्द्र कुमार झा सहितकाले विश्व वातावरण दिवसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारेका थिए ।
यस्तै वडा नं. २ लौनियाँस्थित उमेश्वर आधारभूत विद्यालयमा ३० थान आँप तथा लिच्चीको विरुवा रोपियो । सो वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष कमल कुमार मण्डल, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सबल नेपालका कार्यक्रम संयोजक मनिष महर्जन, कार्यक्रम अधिकृत क्षितीज भट्ट, विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद खंग, आसमान नेपालका काशिन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकाको समन्वय तथा सबल नेपाल, समावेशी अपाङ्ग संघ÷सिविएम ग्लोबल, ईसिमोड, मर्सि कोप्र्स, आसमान नेपालसँगको सहकार्यमा सो विद्यालयमा वृक्षारोपण गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ