News Category 2082/02/22
मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाईकल सवार अर्का एकजना गम्भिर घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका ६ स्थित करडवोना चौकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का मोटरसाइकल चालक १९ बर्षीय सुजित कुमार चौधरीको मृत्यु भएको हो ।
राति ९ बजेतिर पश्चिमबाट पुर्वतर्फ तिब्र गतिमा आउँदै गरेको बा.८७प.९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकालमा सवार सोही वडाका २१ बर्षीय अभिषेक चौधरी गम्भिर घाइते भएका छन् । उनको सिरहाको लहानस्थित धामनी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय करोडवोनाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ