News Category 2082/02/22
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
बाढी पहिरो आएको बेला फँसेकाहरुलाई कसरी जोगाउने बारे सचेतनाका लागि पूर्वअभ्यासमा खटेका दुई सशस्त्र प्रहरी आफै वेपत्ता भएका छन् । सप्तकोशी नदीमा उद्दारकला र पुर्व अभ्यासमा खटेका दुई सशस्त्र प्रहरी आफै बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दै गर्दा उनीहरु बेपत्ता भएका हुन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विपद् पुर्व तयारीका अभ्यासका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेका बेला अचानक पानीको वेगमा वेपत्ता भएको जानकारी दिए ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले वेपत्ता भएका प्रहरीको खोजी कार्य भईरहेको बताउँदै घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सप्तरी र सुनसरीबाट थप सुरक्षाकर्मी झिकाएर वेपत्ता प्रहरीको खोजीकार्य भइरहेको जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ