News Category 2082/02/23
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सप्तरीको महादेवा गाउँपालिका २ की १७ वर्षिया काजल कुमारी मण्डल शुक्रबार ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
घरबाट बिहान ९ बजेतिर विद्यालय हिडेकी उनको को.१त. ५४०१ नं. को ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकास्थित श्री लक्ष्मीबल्लभ नरिसिंह उमाविमा कक्षा ११ मा अध्ययनरत काजल परीक्षा दिन जाने क्रममा दुर्घटनामा परेकी हुन् ।
दुर्घटनापछी ट्याक्टर चालक धनिया यादव भाग्न खोज्दा नियन्त्रणमा लिई स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । चालकमाथी सवारी ज्यान मुद्दा अन्तरगत कारवाही हुने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ