News Category 2082/02/24
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
राजविराज÷विपन्नलाई उपचारमा राहत पु¥याउने उद्देश्यले सरकारले सर्वसाधारणसँग केही न्युन रकम लिएर स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ । विशेष गरि कम आय श्रोत भएका तथा विपन्न समुदायका व्यक्तिले सरकारले तोेकेको रकम तिरेर स्वास्थ्य विमा गराएका छन् ।
तर यसको लाभ लिने बेला विभिन्न वहाना देखाउँदै अस्पतालले सेवा सुविधा नदिदा बिरामीहरु ठगिन थालेका छन् । जसको पछिल्लो उदाहरण बनेको छ, सरकारको मातहतमा रहेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको “औषधी बिक्रि केन्द्र” ।
अस्पताल परिसरमै रहेको उक्त केन्द्रमा कहिल्यै चिकित्सकद्वारा लेखिए अनुसारको औषधी नपाइने बिरामी र उनका आफन्तले गुनासो गरेका छन् ।
शुक्रबार सो अस्पतालका डा. आदर्श सिंहलाई जचाएपछी औषधी लिन उक्त केन्द्रमा जाँदा पूर्जामा लेखिएको ९ मध्ये ३ वटा औषधी मात्र पाइएको राजविराज ४ का विक्रान्त परियारले गुनासो पोखे । “सस्तोमा पाइने ३ वटा औषधी मात्र दिइयो, उनले भने, बाँकी ६ वटा औषधी सकेको छ बजारमै किन्नु भनेर फर्काइदिए ।”
यस्तै राजगढ गाउँपालिका ६ बाट ७ वर्षिय छोरा अशोकलाई जचाउन आएकी सुलोचना मण्डलले सोही अस्पतालमा डा. कालिप्रसाद यादवसँग स्वास्थ्य परिक्षण पश्चात् उनले लेखिदिएको पूर्जा लिएर उक्त केन्द्रमा जाँदा ७ मध्ये २ वटा औषधी मात्र पाइएको गुनासो गरिन् । उनले समस्या पर्दा सस्तोमा उपचार सेवा र औषधी पाइने आशमा पूरै परिवारको ३ हजार ५ सय रुँपैया तिरेर स्वास्थ्य विमा गराएको भएपनि अहिले समस्या पर्दा विमाको समुचित लाभ पाउन नसकि ठगिएको महसुस भएको बताइन् ।
उक्त औषधी केन्द्रमा पुग्ने जो कोही बिरामी र उनका आफन्तको यस्तै गुनासो छ । सरकारले स्वास्थ्य विमा गराएका विमितका लागि एकातिर न्यून मात्रामा औषधी पठाउने अर्कोतिर उपलब्ध औषधीमा पनि औषधी केन्द्रमा खटिएका कर्मचारीले गडबडी गर्ने गरेको स्थानीयको आरोप छ ।
आवश्यक जनशक्तिको अभावमा अस्पतालमा रहेको एचडियु सेवा विगत चार महिनादेखी बन्द छ । अस्पताल आउने बिरामी सो जाँचका लागि चर्को शुल्क तिरेर बाहिर प्रइभेट क्लिनिकमा जान बाध्य छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश साहले औषधी र जनशक्तिको अभाव बारे आफूले सम्बन्धीत विभागमा जानकारी गराई समाधानका लागि पहल गरिरहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ