News Category 2071/12/01
गर्मिमा बालुवा, वर्षामा हिलो हुने बाटोप्रति कसैको ध्यान पुगेन्
शुभ नारायण यादव
राजविराज÷राजविराज बेल्ही भन्सार सडकखण्ड निमार्ण नहुदाँ सप्तरीको दक्षिणी भेगका दर्जनौ गाविसका हजारौ जनतालाई सदरमुकाम आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ । यो सडक खण्ड सप्तरीको एक मात्र राजविराज भन्सार कार्यालय जाने मुख्य बाटो हो ।
सो सडक खण्डको जिल्लाको बरही बिरपुर लोखरम हुँदै तिलाठी र भारतको कुनौली बोर्डरसम्म अर्थात करिब चार किलोमिटरको सडक बर्षौदेखि जिर्ण हुदाँ त्यस भेगका कोचाबखारी, लालापटी, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाका हजारौ जनतालाई दिनहुँ सदरमुकाम आवत जावतमा समस्या उत्पन्न हुने गरेको उनीहरुको गुनासो छ ।
सडकको यस्तो अवस्था हुँदा समेत उक्त सडक मर्मत सम्भारका लागि राज्य तथा सम्बन्धित निकायले हालसम्म कुनै चाँसो नदेखाएको टेम्पो व्यवसायीहरुले आरोप लगाएका छन । सो सडक खण्डको तिलाठीदेखि बेल्ही भन्सार सम्मको बाटोमा अहिले बिच बाटोमै वालुवा पुरिएको छ भने वर्षायाममा हिलो हुने भएको दिनहुँ आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ ।
सो सडक खण्डको करिब चार किलोमिटर सम्मको सडक जिर्ण भएका कारण दिनहुँ सदरमुकाम आवत जावतका लागि निकै कठिनाई भोग्नुपरेको रम्पुरा मल्हनिया गाविस ४ डलबाका उमेश कुमार यादवको भनाई छ ।
सो सडक मर्मत सम्भार हुन नसकेका कारण खासगरी बर्षायाममा सो सडक भएर राजविराज आवत जावतमा निकै समस्या भोग्नुपरेको छ ।
सडकको यस्तो अवस्थाका कारण दिनहुँ उक्त सडकमा संचालित करिब एक दर्जन टेम्पो चालकहरुलाई समेत सदरमुकाम राजविराज तथा राजविराजबाट कुनौली सम्म आवत जवात गर्नमा निकै कठिनाई हुने गरेको गुनासो स्थानीय टेम्पो ब्यवसायीहरुको रहेको छ ।
यसैबिच सो सडक खण्डको तिलाठी गाविसस्थित खाँडोमा निमार्ण भईरहेको पुल सुस्त गतिमा भईरहेको प्रति स्थानीयबासीहरु आक्रोश पोखेका छन । साथै उक्त सडक खण्ड अबिलम्ब मर्मत सम्भार नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीयबासीहरुले दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ