News Category 2082/02/29
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सप्तरीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनमार्फत सुनचाँदी व्यवसायीहरुले सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलित भएका हुन् ।
सप्तरी सुनचाँदी उधोग व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रन्जनले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग गरे । उनले सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, १३ प्रतिशत भ्याट खारेज गरि ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग राख्दै देशभरका व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
त्यस्तै, बहुमुल्य हिरा तथा पत्थरमा लगाइँदै आएको १३ प्रतिशत भ्याट पनि खारेजको उनीहरुको माग रहेको छ । पहिलो चरणमा दुई दिन सांकेतिक विरोधका लागि देशभर सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
विलासी कर र भ्याट लगाएपछि सुनको लागत मूल्य बढी भएकाले कारोबार नै हुन छाडेकोले आन्दोलन गर्न बाध्य भएको व्यवसायीहरूको भनाई छ ।
विगतमा पनि १० लाख माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउँदै आएको थियो । तर जतिसुकै कारोबार हुँदा पनि छुट्टाछुट्टै बिल बनाएर कर संकलन नगरेपछि सरकारले सबै प्रकारका सुनमा विलासिता कर लगाउन लागेको उनीहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ