News Category 2082/02/30
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
नेपाली काँग्रेस सप्तरीले राजविराज नगरपालिकाको कार्यालयमा पछिल्लो एक सातादेखी भइरहेको विभिन्न घटनाक्रमप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका सचिव सनत कुमार मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा जेठ २७ गते नगरपालिका कार्यालयका कर्मचारीहरुमाथी भएको कुटपिट र कार्यालयमा भएको तोडफोडका घटना अत्यन्त खेदपूर्ण रहेको ठहर गर्दै दोषिमाथी कारवाहीको माग गरिएको छ ।
विज्ञप्तिमा विवाद समाधानका लागि आवश्यक पहल, कुटपिटमा परेका कर्मचारीहरुलाई न्याय तथा नगरपालिकामा भएको तोडफोड घटनाको छानबिन गरि दोषिमाथी कानुनी कारवाहीका लागि स्थानीय प्रशासन समक्ष माग गरिएको छ ।
नगरपालिकाका कर्मचारीहरु पेन डाउन गरेर अत्यावश्यक कामकाज बाहेक सम्पूर्ण कामकाज ठप्प पारेको जनाउँदै विज्ञप्तिमा आर्थिक वर्षको अन्तिम क्षणमा नगरपालिकामा भएको यस्ता घटनाले नगरको विभिन्न विकासीय योजनाहरु, जनताको कामकाज लगायत अन्य सेवाहरु प्रभावित बन्न पुगेको उल्लेख छ ।
“कुनै पनि विवादको समाधान वार्ता माध्यमबाट हुने बाटो रहँदा रहँदै पनि यस्तो खाले घटना हुनु अत्यन्त दुःखदायी हो ।” विज्ञप्तिमा भनिएको छ, “नेपालकै पुरानो मध्ये एक राजविराज नगरपालिका विगतको केही दिनदेखी पटक पटक विवादस्पद बन्दै गएको जगजाहेर नै छ । कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिबीच पटक पटक यस्ता विवाद हुनुले सप्तरी जिल्लाको सदरमुकाम समेत रहेको राजविराजको साख पनि दाउमा परेको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ