News Category 2082/02/30
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
सप्तरीमा कन्टेनरले किच्दा शुक्रबार बिहान एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. १२ अर्नाहा चोकमा हुलाकी राजमार्ग अन्तर्गत राजविराजतर्फ आउँदै गरेको ना.३ख. ४५३१ नम्बरको कन्टेनरले स.६प. २२१ नम्बरको मोटरसाइकल चालकलाई किचेको हो ।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले दुर्घटनास्थलमा मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुल्न नसकेको जनाएका छन् ।
ठक्करबाट मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने कन्टेनरमुनि रहेको शव निकालिएको छ । कन्टेनर पनि चल्ने अवस्थामा नरहेकोले कन्टेनर उठाउन क्रेन ल्याउने समन्वयन भइरहेको एसपी खतिवडाले बताए ।
कन्टेनर चालक काभ्रेको पाँचखाल नगरपालिका ६ का ५६ वर्षीय गोपालनाथ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ