News Category 2082/02/30
पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
राजबिराजस्थित पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यका लागि शुक्रबार शिलान्यास गरिएको छ ।
राजबिराज वडा नं. ५ स्थित पविमाबि खेलमैदानमा स्तरोन्नती कार्यको राष्ट्रिय योजना आयोगका पुर्व सदस्य तथा कृषि बैज्ञानिक डा. जयकान्त राउतले शिलान्यास गरेका हुन् ।
स्तरोन्नती कार्य अन्तर्गत मैदानको सुरक्षाको लागि गेट, क्रिकेट प्रतियोगिता प्रयोजनको लागि साईड स्किन र पिच कोभर लगायतको कार्य हुने भएको छ ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको समाजिक बिकास ईकाई कार्यक्रम मार्फत २५ लाखको लागतमा खेलमैदान स्तरोन्नती निर्माण कार्य हुन लागेको सप्तरी क्रिकेट सँघका कोषाध्यक्ष तुलानाथ माझीले जानकारी दिए ।
उक्त स्तरोन्नती कार्यको लागि स्थानिय उपभोक्ता मार्फत असार मसान्त भित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको उपभोक्ता समितिका अध्यक्ष बिवेक कुमार चौरसियाँले बताए ।
उक्त अवसरमा जनमत पार्टी जिल्ला अध्यक्ष रामगमन साह, वडा ५ का अध्यक्ष बन्धुलाल दास, वडा सदस्य आशा तमाङ, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज कुमार सिंह, सचिव चन्दनकुमार यादब, सदस्य धर्मेन्द्र चौधरी, संजय कार्की, गजेन्द्र माझी लगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ