News Category 2082/02/30
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार, विकासको अभाव तथा उच्चस्तरीय छानबिनको माग गर्दै शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण पत्र पठाइएको छ ।
संविधानसभा सदस्य एवं नेवि संघका पूर्व अध्यक्ष रन्जित कर्ण, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, काँग्रेसका राजविराज नगरपालिकाका नगरसभापति आनन्दकुमार झा, काँग्रेस सप्तरीका प्रवक्ता नन्दु यादव, काँग्रेस सप्तरीका जिल्ला सदस्य सब्बिर आजम र काँग्रेस सप्तरीका नेता ध्रुब प्रसाद देवले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीको कार्यालयमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बुझाइएको ध्यानाकर्षण पत्रमा राजविराज नगरपालिकाको चालु आ.ब.मा १० प्रतिशत मात्र बजेट खर्च भएको र बाँकी ९० प्रतिशत बजेट खर्च नभएको, हाल निलम्बनमा रहेका मेयर र उपमेयरबीचको मिलोमतोमा सार्वजनिक रकमको भागबन्डा र व्यापक भ्रष्टाचार भएको जनगुनासो आएकोले जनताले न्यायको अनुभुती गर्न नपाएको उल्लेख छ ।
त्यस्तै राजविराज जस्तो ऐतिहासिक, साँस्कृतिक र राजनीतिक रुपमा महत्वपूर्ण सहरलाई मेयर, उपमेयर र सरोकारवालाहरुले उपयुक्त नेतृत्व दिन नसकेकोले नगरवासीहरुमा असन्तोेष फैलिएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।
ऐतिहासिक, राजनीतिक र भौगोलिक हिसाबले महत्वपूर्ण सहर राजविराज आज विकासविहीन बन्न पुगेको भन्दै राजविराज–कंचनपुर हुलाकी मार्ग, राजविराज–हनुमाननगर सडक, राजविराज नेता चौक–सिरहा सडक आदि निर्माण तथा मर्मत नहुनु, बस पार्क संचालन नहुनु, महिला छात्रवास वर्षौदेखी अधुरो हुनु, गजेन्द्र नारायण सिंह अस्पताल निर्माण भएपनि सेवा संचालन नहुनु, रामराजा सिंह शिक्षण अस्पताल सम्बन्धी प्रक्रिया अघि नबढ्नु आदि समस्याले जनतामा गहिरो निराश पैदा गरेको सोही पत्रमा उल्लेख छ ।
साथै ध्यानकर्षण पत्रमा राजविराज नगरपालिकामा खर्च नभएको बजेट, बजेटको दुरुपयोग र भ्रष्टाचार बारे उच्चस्तरिय छानबिन समिति गठन, दोषि व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही, अलपत्र पूर्वाधार विकास योजनाहरु तुरुन्तै सम्पन्न, स्थानीय प्रशासन, प्रहरी तथा सरोकारवाला निकायहरुलाई यथासिघ्र जवाफदेखी, प्रहरी प्रशासनको उपस्थितिमा भएको तोडफोड घटनाको छानबिन र नेपाल सरकारका कर्मचारीहरुबाट भएको दुव्र्यबहार सम्बनधी घटनाको पनि छानबिन गर्न माग गरिएको छ ।
सो ध्यानाकर्षण पत्र गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सप्तरी र राजविराज नगरपालिकालाई समेत बोधार्थ गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ