News Category 2082/02/30
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार, विकासको अभाव तथा उच्चस्तरीय छानबिनको माग गर्दै शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण पत्र पठाइएको छ ।
संविधानसभा सदस्य एवं नेवि संघका पूर्व अध्यक्ष रन्जित कर्ण, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, काँग्रेसका राजविराज नगरपालिकाका नगरसभापति आनन्दकुमार झा, काँग्रेस सप्तरीका प्रवक्ता नन्दु यादव, काँग्रेस सप्तरीका जिल्ला सदस्य सब्बिर आजम र काँग्रेस सप्तरीका नेता ध्रुब प्रसाद देवले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीको कार्यालयमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बुझाइएको ध्यानाकर्षण पत्रमा राजविराज नगरपालिकाको चालु आ.ब.मा १० प्रतिशत मात्र बजेट खर्च भएको र बाँकी ९० प्रतिशत बजेट खर्च नभएको, हाल निलम्बनमा रहेका मेयर र उपमेयरबीचको मिलोमतोमा सार्वजनिक रकमको भागबन्डा र व्यापक भ्रष्टाचार भएको जनगुनासो आएकोले जनताले न्यायको अनुभुती गर्न नपाएको उल्लेख छ ।
त्यस्तै राजविराज जस्तो ऐतिहासिक, साँस्कृतिक र राजनीतिक रुपमा महत्वपूर्ण सहरलाई मेयर, उपमेयर र सरोकारवालाहरुले उपयुक्त नेतृत्व दिन नसकेकोले नगरवासीहरुमा असन्तोेष फैलिएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।
ऐतिहासिक, राजनीतिक र भौगोलिक हिसाबले महत्वपूर्ण सहर राजविराज आज विकासविहीन बन्न पुगेको भन्दै राजविराज–कंचनपुर हुलाकी मार्ग, राजविराज–हनुमाननगर सडक, राजविराज नेता चौक–सिरहा सडक आदि निर्माण तथा मर्मत नहुनु, बस पार्क संचालन नहुनु, महिला छात्रवास वर्षौदेखी अधुरो हुनु, गजेन्द्र नारायण सिंह अस्पताल निर्माण भएपनि सेवा संचालन नहुनु, रामराजा सिंह शिक्षण अस्पताल सम्बन्धी प्रक्रिया अघि नबढ्नु आदि समस्याले जनतामा गहिरो निराश पैदा गरेको सोही पत्रमा उल्लेख छ ।
साथै ध्यानकर्षण पत्रमा राजविराज नगरपालिकामा खर्च नभएको बजेट, बजेटको दुरुपयोग र भ्रष्टाचार बारे उच्चस्तरिय छानबिन समिति गठन, दोषि व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही, अलपत्र पूर्वाधार विकास योजनाहरु तुरुन्तै सम्पन्न, स्थानीय प्रशासन, प्रहरी तथा सरोकारवाला निकायहरुलाई यथासिघ्र जवाफदेखी, प्रहरी प्रशासनको उपस्थितिमा भएको तोडफोड घटनाको छानबिन र नेपाल सरकारका कर्मचारीहरुबाट भएको दुव्र्यबहार सम्बनधी घटनाको पनि छानबिन गर्न माग गरिएको छ ।
सो ध्यानाकर्षण पत्र गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सप्तरी र राजविराज नगरपालिकालाई समेत बोधार्थ गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/19 जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
- 2082/05/19 न्यायाधीशहरूको बिदाइ तथा सम्मान
- 2082/05/18 एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”
- 2082/05/17 मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर
- 2082/05/17 भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
- 2082/05/17 पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
- 2082/05/16 बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
- 2082/05/16 भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
- 2082/05/16 मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ