News Category 2082/02/30
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजले कर्मचारीहरुमाथी कुटपिट, गालीगलौज गर्नेमाथी कारवाहीका साथै कार्यालयमा कामकाज गर्न सुरक्षित वातावरणको माग गर्दै शुक्रबारदेखी पेन डाउन गरेका छन् ।
शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।
सोही पत्रकार सम्मेलनमा नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दासले ब्यक्तिगत रुपमा असुरक्षित रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी नहुन्जेल काम नफर्किने बताए । उनले आफूमाथी संघातमिक हमला गरी सुनको सिक्री समेत लुटपाट गरेको बताए । “उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएका छौं निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था छैंनौं ।” उनले भने ।
उनले हालसम्म ११ महिनाको अवधीमा ११ प्रतिशत मात्र विकासीय योजनाहरु सम्पन्न भएको र करिब ३८ देखी ४० प्रतिशतसम्म योजनाहरु संचालनमा रहेको जानकारी समेत दिए । उनले जनताको कामकाजमा आफू बाधक नभएको भन्दै दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने अडान राखेका छन् ।
सोही पत्रकार सम्मेलनमा कर्मचारीहरुले घटनाका दोषिहरुमाथी कारवाही, क्षतिपुर्ति तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नगराएसम्म नगरपालिका कार्यालय तथा मातहातका कार्यालयबाट अति आवश्यक सेवा वाहेकका सम्पूर्ण सेवा वन्द रहने जनाएका छन् ।
जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा विवाद भइरहेको बेला राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरु शान्तिपूर्वक रुपमा वारुणयन्त्रको छेउमा उभिरहेको वेला पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरिएको पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिएका छन् ।
ईकाइ समितिका अध्यक्ष तथा अधिकृत कल्पना देव, लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकको अ.हे.ब. संतोष कुमार दासलाई संघातिक रुपमा गालि गलौजसहित सडकमा घिसारी ज्यान मार्ने धम्की सहित मर्नासन्न हुने गरी कुटपिट गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ