News Category 2082/02/31
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
मधेस प्रदेश सरकारले बि.स. २०८२ जेठ १६ गते चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेको छ ।
उनी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ५ का स्थायी बासिन्दा हुन् । अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा तय गरेर मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् । उनी बाल अवस्थादेखी नै बहुप्रतिभाशाली थिए । उनले दर्जनौं गित, स्टेज शो, गिति एल्बम लगायत भारतमा समेत आफ्नो प्रतिभा देखाइसकेका छन् ।
अध्यक्ष लेखीले पहिलो पटक बाल कलाकारको रूपमा वि.स. २०४४ सालदेखी बिद्यालयका कार्यक्रमहरुमा बाल कलाकारको रुपमा आफ्नो प्रतिभा देखाएका हुन् । त्यसपछी उनी सप्तरीसहित अन्य जिल्लाहरुमा विभिन्न “स्टेज शो” हरुमा आफ्ना प्रतिभा देखाउदै आए ।
उनले शैलेन्द्र विश्वकर्मा, राम कुमार सिंह, मयानन्द विश्वकर्मा जस्ता अग्रज एवं वरिष्ठ संगीतकारहरुसंग विभिन्न कार्यक्रम तथा शोहरुमा भाग लिनुको साथै ऊनीहरुबाट पनि गायन र नृत्यको ज्ञान हासिल गरे ।
बि.स. २०४८ सालमा शिम्पु मुभिज प्रा.ली.को ब्यानरमा थारु चलचित्र “भक देके सुजहल” को सहनायकको भुमिका निर्वाह गरे । त्यसपछी उनी सोही वर्ष अध्ययनका क्रममा काठमाडौं पुगे । त्यहाँ अध्ययन संगै वरिष्ठ गायिका मिरा राणाबाट ५ वर्ष नेपाली आधुनिक गायन तथा वरिष्ठ शास्त्रीय गायक एवं संगीतकार गुरुदेव कामैतबाट पनि लगातार ५ वर्ष शास्त्रीय गायनको प्रशिक्षण लिए ।
उनले सोही क्रममा आफ्नो पढाईलाई पनि निरन्तरता दिँदै स्नातकोत्तर तहको अध्ययन पनि पूरा गरे ।
बि.स.२०५५ देखि २०५८ साल सम्म रेडियो नेपालले आयोजना गरेको नेपाली आधुनिक गित प्रतियोगता तथा राष्ट्रिय गीत प्रतियोगीतामा भाग लिई आफ्नो सुमधुर आवाज नेपाली श्रोता माझ पस्के । उनले बि.स. २०६० सालमै आफ्नै आवाजमा “रुप” नामक नेपाली आधुनिक गीति एल्बम पनि श्रोता माझ ल्याए ।
उनले काठमाडौंका विभिन्न होटेल र रेस्टुरेन्टहरूमा आफ्नो गायन समेत प्रस्तुती गरिसकेका छन् । उनी नेपालमा मात्र नभई भारतको उत्तर प्रदेश र बिहारको विभिन्न स्टेज शोहरुमा आफ्नो गायनको जादु देखाई सकेका छन् ।
बि.स.२०६३ सालमा थारु संस्कृति संरक्षण संघको संस्थापक सचिव भए पश्चात् संघको प्रस्तुति र आफ्नै लगानीमा थारू परम्परागत पौराणिक गीति एल्बम “येहेन करम” को म्युजिक भिडियो समेत बजारमा ल्याए ।
अध्यक्ष लेखीले छिन्नमस्ता फिल्मस् प्रा.ली.को ब्यानरमा थारु कथानक चलचित्र “हमर कनियाँ” को कथाकार र गायकको भुमिका निर्वाहा गरिसकेको छन् भने कृष्णा फिल्मस् प्रा.ली.को ब्यानरमा थारु चलचित्र “तोहर यादमे” मा कथाकार तथा संवादको भुमिका निर्वाह गरेका छन् ।
उनले “बहोत सुन्दरची” नामको थारु आधुनिक गीती एल्बममा कलाकारको भुमिका निभाएका छन् । बि.स. २०७० साल देखि विभिन्न थारु आधुनिक पौराणिक गीतहरूमा गीतकार, संगीतकार तथा गायकको भुमिका निर्वाह गर्दै आईरहेका छन् ।
उनी हाल थारु संस्कृति संरक्षण संघ नेपालको संस्थापक महासचिव हुन् र उनले कार्यालयमै रेकर्डिङ स्टुडियो स्थापना गरी टेक्निसियनको रूपमा आफैं गीत रेकर्डिङ, भिडीयो सम्पादनका काम समेत गर्दै आईरहेका छन् । संगीत संयोजनको रुपमा पनि थारु गीतहरूमा प्रस्तुती गरिसकेको र हाल आफ्नो संस्थाको परियोजनाहरुमा परम्परागत संस्कृति संरक्षण, सम्बद्र्धन र जगेर्नाको लागि विभिन्न कार्य गरिरहेका छन् ।
लेखीले थारु लगायत विभिन्न जातजातिको कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र उत्थानका साथै चलचित्र तथा गित संगीतको क्षेत्रमा अहोरात्र क्रियासिल रहने क्रममा उनको घरको आर्थिक अवस्था दिनानुदिन खस्कदै गयो ।
उनले नचाहदाँ नचाहदै पनि घर परिवारको दवाबमा माध्यमिक शिक्षकको रूपमा बि.स. २०६५ साल देखि २०७० सालसम्म सेवा गरे । पछी उनले कला र चलचित्र क्षेत्र प्रतिको मोहकै कारण शिक्षक सेवा परित्याग गरि पुनः आफ्नो रुचिकै कला क्षेत्रमा फर्केर आफ्नै गृहजिल्ला सप्तरीमा गित, संगीत, कला, संस्कृतिसंग सम्बन्धित प्रशिक्षण दिने संस्थाको स्थापना गरि गित, संगीत, गायन र वादकको प्रशिक्षण दिने कार्यको थालनी समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ