News Category 2082/03/02
महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
दैनिक समाचारदाता
राजविराज, २ असार ।
नेपाली काँग्रेस निकट नेपाल महिला संघ सप्तरी क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला यादव चुनिएकी छिन । लिला यस अघि पनि उक्त क्षेत्रको अध्यक्ष थिइन ।
संघको सोमवार साँझ सम्म चलेको चौथो संसदीय क्षेत्रिय अधिवेशनको बन्द सत्रले लिलाको नेतृत्वमा २७ सदस्यीय निर्विरोध नयाँ कार्य समिती चयन गरेको हो । नवनिर्वाचित समितिको कार्यकाल चार वर्षको हुनेछ ।
यस अघि लिला कै अध्यक्षतामा भएको अधिवेशन उदघाटन समाहरोमा प्रमुख अतिथी नेपाली काँग्रेस मधेश प्रदेशकी सहमहामन्त्री विन्दु कुमारी यादव, पुर्व प्रदेश साँसद गिता यादव, जिल्ला उपसभापती राम कुमार यादव, सचिव सनत मण्डल, मधेश प्रदेश समिती सदस्य प्रभात कुमार ललन, नितु झा, क्षेत्रीय सभापती महेन्द्र यादव, राजविराज नगर समितिका उपसभापती अनिल यादव, नगर सदस्य रमानन्द देव, नेपाली काँग्रेसको तर्फबाट राजविराज नगरपालिकाको अघिल्लो चुनावमा उपमेयर पदका प्रत्यासी सुशीला यादव, महिला नेतृ ज्ञानु भट्टराई, शान्ति चौधरी, मालती चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज माझी लगायतले शुभकामना दिएका थिए ।
निर्विरोध चयन भएपछी संचारकर्मीहरु सीत कुरा गर्दै अध्यक्ष लीलाले अघिल्लो कार्यकालको अनुभवको प्रयोग गर्दै महिला संघलाई अझ बलियो बनाउने योजना रहेको प्रतिक्रिया दिईन ।
यस अघि सप्तरीको प्रदेश सभा २ को “क”मा नितु झा, प्रदेश सभा २ को “ख”मा प्रदेश साँसद निलम रजक तथा राजविराज नगर समितिमा देवरानी दासको नेतृत्वमा २७ सदस्यीय निविरोध नया कार्यसमिती गठन गरिसकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ