News Category 2082/03/02
सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
दैनिक समाचारदाता
राजविराज, २ असार ।
सडक दुर्घटना, ट्राफिक सचेतना फैलाउन तथा नियम पालना गराउने उद्देश्यले सोमबार राजविराजमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ ।
राजबिराजस्थित गजेन्द्र चौकमा यातायात ब्यबस्था कार्यालय राजबिराजको सहयोग तथा समाज परिवर्तन नेपालको आयोजनामा प्रस्तुत नाटक मार्फत ट्राफिक नियमको पालना “सभ्य समाजको सृजना” ट्राफिक प्रहरी तथा स्थानिय निकायको सहकार्यमा ट्राफिक सुरक्षा सम्बन्धि जनचेतना दिने प्रयास गरिएको हो ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले ट्राफिक नियमको पालना गर्न गराउन सबै नागरिक सजग, सचेत भई ट्राफिक ब्यबस्थालाई मजबुत बनाउनु पर्नेमा जोड दिए । उनले दिनहु सडक दुर्घटना बढ्दै गएकोले ट्राफिक नियमलाई थप ब्यबस्थित बनाउन सर्वसधारणलाई ट्राफिक नियमको पालना गराउन सचेतनामुलक नाटकले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
यातायात ब्यबस्था कार्यालयका प्रमुख कामेश्वर प्रसाद रोहिताले जिल्लाको बढ्दो सहरीकरण एवं सवारी साधनको चापलाई ध्यानमा राखेर दुर्घटना न्युनिकरण गर्नका लागि नाटकको आयोजना गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले सवारी दुर्घटना न्यूनीकरण गर्दै धनजनको क्षति हुनबाट जोगाउन ट्राफिक नियम कडाईको साथ पालना गराउने बताए ।
मोटरसाईकलमा तीनजना सवारी नगर्ने, मादक पदार्थ, रक्सी खाएर सवारी नचलाउने, गाडी चलाउदाँ ड्राईभिङ लाईसेन्स अनिवार्य राख्नुपर्ने, सर्वसधारणले सडकको दायाँ किनाराको प्रयोग गर्नुपर्ने, सडकमा हातेमालो गरेर हिँड्न नहुने उक्त नाटकमार्फत सन्देश दिईएको छ ।
यस्तै साना नानीलाई हातेमालो गरेर हिडाउँदा आफ्नो बायाँपट्टि राखेर हिडाउनुपर्ने, मोबाइल वा इयरफोनको प्रयोग गरेर सडकमा नहिँड्न, सडकमा सामूहिक छलफल तथा गफगाफ नगर्ने, मादक पदार्थ सेवन गरेर जथाभावी सडकको प्रयोग नगर्ने, जेब्रा क्रसबाट मात्र सडक पार गर्न, गुडिरहेको गाडीको अगाडि–पछाडि दौडन नहुने जस्ता सन्देश प्रवाहा गरिएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक ज्ञानमणी पोखरेल, राजबिराज नगरपालिका वडा ३ का अध्यक्ष अनिल दास, वडा ४ का अध्यक्ष दिनेश कसेरा लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
उक्त सडक नाटकमा मैथिली कमेडी भुपेन्द्र मण्डल (रामलाल नाटक समूह) ले प्रस्तुती गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ