News Category 2082/03/03
अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
संविधानसभा सदस्य रन्जित कर्णले सप्तरीमा विकास अवरुद्ध हुनुको मुख्य कारण बेथिति, भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू रहेको आरोप लगाएको ७२ घण्टा नबित्दै राजविराजस्थित नेता चोकदेखि सिरहा सडक र उपयोगी पसलदेखि राजदेवी सडकसम्मको दुई योजना १० दिन भित्रै संचालनमा आउने भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा मंगलबार भएको सम्झौतामा ठेकेदार कम्पनी कान्छाराद्वारा संचालित दुबै योजनाहरु समयअवधी भित्र संचालन नगरिए ठेक्का रद्द गरिने संविधानसभा सदस्य कर्णले चेतावनी समेत दिइएको जनाएका छन् ।
“ठेकेदार कम्पनीका प्रोपराइटर कान्छाराम नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री समेत रहेपनि विकास कार्यमा अवरुद्ध गर्ने जोसुकैलाई छाडिने छैन् ।” नेपाली काँगे्रसका युवा नेता समेत रहेका संविधानसभा सदस्य कर्णले भने– “पार्टी, नातागोता, इष्टमित्र समेतलाई बिर्सेर जिल्लाको विकासमा तदारुकताका साथ अघि बढ्ने छु ।”
यसअघि उनले विकास कार्य अवरुद्ध रहेका राजविराज–हनुमाननगर रोड, राजविराजस्थित कोल्ड स्टोर, राजविराजको सिरहा रोड, हुलाकी राजमार्ग अन्तरगतको कंचनपुर रोड र राजविराजको कन्या छात्रावासको तस्बिर राखेर सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए ।
नेवि संघका पूर्व अध्यक्ष समेत रहेका संविधानसभा सदस्य कर्णले जिल्लाको ती विकासीय कार्यहरु सम्पन्न गराउनका लागि सम्बन्धित निकायलाई सामाजिक संजाल मार्फत ७२ घण्टे अल्टिमेटम समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ