News Category 2082/03/03
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
तीन वर्ष अघि बालुवामुनी गाडेर लुकाइराखेका गाजा घटनाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने बुधन भन्ने जोगानन्द मण्डल छन् । गोप्य सूचनाको आधारमा ३५ वर्षिय मण्डललाई सोमबार राती प्रहरीले कोशी ब्यारेज क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०७९ पुस १४ गते हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदी किनारमा बालुवामुनी गाडेको अवस्थामा प्रहरीले ८ सय १० किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाजा तस्करी प्रयोजनका लागि निज मण्डलले नै राखेको खुलेको थियो । त्यपश्चात् प्रहरीले खोजतलास सुरु गरेपछी मण्डल फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय भारदहबाट खटेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका मण्डललाई मंगलबार सप्तरी जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिन म्याद थपी आवश्यक अनुसन्धान भइरहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ