News Category 2082/03/03
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
राजविराज नगरपालिकाका तर्फबाट कार्यवाहक मेयर इसरत परविनले गत जेठ २७ गते राजविराज नगरपालिकामा भएको तोडफोड, कर्मचारीमाथी कुटपिट र लुटपिट घटना बिरुद्ध मंगलबार प्रहरी समक्ष दुई वटा किटानी जाहेरी बुझाइएको छ । त्यस्तै मंगलबारै प्रहरी समक्ष उनीहरु बिरुद्ध अर्को जाहेरी राजविराज २ का सजात अलीले बुझाएका छन् ।
कार्यवाहक मेयर इसरत परविनद्वारा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई बुझाइएका जाहेरीमा राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव, योजना अधिकृत मनोज यादव, राजविराज नगरपालिका ९ का सुधिर यादव, राजविराज १३ का गजेन्द्र यादवसहित दुई दर्जन व्यक्तिलाई विपक्षि बनाई नगरपालिकाको सार्वजनिक भौतिक संचरनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधिक उपद्र तर्फ कारवाही चलाउन माग गरिएको छ ।
निलम्बित मेयर यादवपक्षले नगरपालिकामा तालाबन्दी गरि कामकाज अवरुद्ध गरेपछी प्रशासन समेतको छलफलबाट २७ गते ताला खोल्ने क्रममा विपक्षिहरुको समूहले नगरपालिकामा व्यापक तोडफोड र लेखाअधिकृत शत्रुधनलाल दास, सहरी स्वास्थ्य क्लिनिकका इन्जार्च सन्तोष दास लगायतलाई कुटपिटका साथै लेखाअधिकृत दासको दुई तोलाको सुनको सिक्रि समेत लुछेर लगेको जाहेरीमा उल्लेख छ ।
तोडफोड र कुटपिट गर्दै गरेको दृश्यसहितको प्रमाणका रुपमा बुझाउदै जाहेरी मार्फत उनीहरुमाथी कडा कारवाही र क्षतिपूर्तीको माग गरिएको छ ।
उक्त जाहेरीको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय, मानवअधिकार आयोग, मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, निजामति कर्मचारी संघ केन्द्रिय कार्यालय, जिल्ला प्रशसन कार्यालय र पत्रकार महासंघ शाखा सप्तरीलाई समेत दिइएको छ ।
यसैगरी जेठ २७ गते भएको घटनामा कार्यवाहक मेयर परविन पक्षको मान्छे हो भन्दै आफूलाई मारेर फाल्न भन्दै निलम्बित मेयर यादवले आदेश दिएको र त्यसपछी योजना अधिकृत मनोज यादव, राजविराज ९ का सुधिर यादव र राजविराज १३ का गजेन्द्र यादव लगायतले मरनासन्न हुने गरि कुटेको भन्दै ज्यान मार्ने उद्योग गरेको आरोपसहित राजविराज नगरपालिका २ निवासी सजात अलीले अर्को जाहेरी दिएका छन् ।
घटनास्थल बाहिर आफू उभिरहेको समयमा उक्त समूहले निर्घात कुटपिट गरेको र प्रहरीको सहयोगले बल्ल ज्यान बचेको भन्दै दोषीमाथी उनले ज्यान मार्ने उद्योग तथा क्षतिपूर्तिको माग गरेका छन् । उनले पनि कुटपिट गर्दै गरेको दृश्य पेन डा«इभमार्फत प्रमाणका रुपमा बुझाएका छन् ।
जाहेरी बुझ्दै प्रहरी उपरिक्षक खतिवडाले प्रमुख जिल्ला अधिकारीसँग समेत सल्लाह गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताएका थिए ।
कर्मचारीमाथी कुटपिट भएपछी नगरपालिकाको काम बहिष्कार गरि विगत पाँच दिनदेखी धर्नामा बसेका कर्मचारीहरु समेत कार्यवाहक मेयर परविनसँगै जाहेरी पत्र बुझाउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जाहेरी बुझाएपछी उनीहरु पुनः धर्नामा बसेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ