News Category 2082/03/03
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
राजविराज नगरपालिकाका तर्फबाट कार्यवाहक मेयर इसरत परविनले गत जेठ २७ गते राजविराज नगरपालिकामा भएको तोडफोड, कर्मचारीमाथी कुटपिट र लुटपिट घटना बिरुद्ध मंगलबार प्रहरी समक्ष दुई वटा किटानी जाहेरी बुझाइएको छ । त्यस्तै मंगलबारै प्रहरी समक्ष उनीहरु बिरुद्ध अर्को जाहेरी राजविराज २ का सजात अलीले बुझाएका छन् ।
कार्यवाहक मेयर इसरत परविनद्वारा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई बुझाइएका जाहेरीमा राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव, योजना अधिकृत मनोज यादव, राजविराज नगरपालिका ९ का सुधिर यादव, राजविराज १३ का गजेन्द्र यादवसहित दुई दर्जन व्यक्तिलाई विपक्षि बनाई नगरपालिकाको सार्वजनिक भौतिक संचरनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधिक उपद्र तर्फ कारवाही चलाउन माग गरिएको छ ।
निलम्बित मेयर यादवपक्षले नगरपालिकामा तालाबन्दी गरि कामकाज अवरुद्ध गरेपछी प्रशासन समेतको छलफलबाट २७ गते ताला खोल्ने क्रममा विपक्षिहरुको समूहले नगरपालिकामा व्यापक तोडफोड र लेखाअधिकृत शत्रुधनलाल दास, सहरी स्वास्थ्य क्लिनिकका इन्जार्च सन्तोष दास लगायतलाई कुटपिटका साथै लेखाअधिकृत दासको दुई तोलाको सुनको सिक्रि समेत लुछेर लगेको जाहेरीमा उल्लेख छ ।
तोडफोड र कुटपिट गर्दै गरेको दृश्यसहितको प्रमाणका रुपमा बुझाउदै जाहेरी मार्फत उनीहरुमाथी कडा कारवाही र क्षतिपूर्तीको माग गरिएको छ ।
उक्त जाहेरीको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय, मानवअधिकार आयोग, मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, निजामति कर्मचारी संघ केन्द्रिय कार्यालय, जिल्ला प्रशसन कार्यालय र पत्रकार महासंघ शाखा सप्तरीलाई समेत दिइएको छ ।
यसैगरी जेठ २७ गते भएको घटनामा कार्यवाहक मेयर परविन पक्षको मान्छे हो भन्दै आफूलाई मारेर फाल्न भन्दै निलम्बित मेयर यादवले आदेश दिएको र त्यसपछी योजना अधिकृत मनोज यादव, राजविराज ९ का सुधिर यादव र राजविराज १३ का गजेन्द्र यादव लगायतले मरनासन्न हुने गरि कुटेको भन्दै ज्यान मार्ने उद्योग गरेको आरोपसहित राजविराज नगरपालिका २ निवासी सजात अलीले अर्को जाहेरी दिएका छन् ।
घटनास्थल बाहिर आफू उभिरहेको समयमा उक्त समूहले निर्घात कुटपिट गरेको र प्रहरीको सहयोगले बल्ल ज्यान बचेको भन्दै दोषीमाथी उनले ज्यान मार्ने उद्योग तथा क्षतिपूर्तिको माग गरेका छन् । उनले पनि कुटपिट गर्दै गरेको दृश्य पेन डा«इभमार्फत प्रमाणका रुपमा बुझाएका छन् ।
जाहेरी बुझ्दै प्रहरी उपरिक्षक खतिवडाले प्रमुख जिल्ला अधिकारीसँग समेत सल्लाह गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताएका थिए ।
कर्मचारीमाथी कुटपिट भएपछी नगरपालिकाको काम बहिष्कार गरि विगत पाँच दिनदेखी धर्नामा बसेका कर्मचारीहरु समेत कार्यवाहक मेयर परविनसँगै जाहेरी पत्र बुझाउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जाहेरी बुझाएपछी उनीहरु पुनः धर्नामा बसेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ