News Category 2082/03/04
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरीको भारदह–बथनाहा–मिलन चौक, डाढा–पकरी सडकखण्ड तथा राजविराज–कंचनपुर हुलाकी सडक अन्तर्गत अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीस्थित खोलामा पुल निर्माणको काममा संलग्न निर्माण कम्पनीको ढिलासुस्तीका कारण सास्ती भोग्नु परिरहेको भन्दै स्थानीय आक्रोशित भएका छन ।
त्यस भेगका जनताले बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर एक ज्ञापन पत्र बुझाउँदै उक्त समस्या तत्काल समाधान नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन ।
समाजसेवी एवं राजनीतिज्ञ विकास कुमार तिवारी, तिलेश्वर मण्डल, मनोज कुमार यादव, राम देव यादव, राजकिशोर साह, सूर्यनारायण साह लगायतको अगुवाईमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई बुझाएको ज्ञापन पत्रमा उक्त सडक र पुल निर्माणको ठेक्का लिएका एम.एस शाह र दिवा जेभी सातदोवाटोका निर्माण कम्पनीले विगत चार वर्षदेखी निर्माण कार्य अलपत्र अवस्थामा छोडिदिदा लाखौं जनताको जनजीवन प्रभावित र कष्टकर बन्न पुगेको उल्लेख छ ।
बि.स. २०७९ असार १९ गते भएको सम्झौता अनुसार २०८१ असार १८ गते भित्र उक्त सडक र पूलको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेमा म्याद भन्दा एक वर्ष बढी हुन लाग्दा पनी निर्माण कम्पनीको लापरवाहीले दुबै संरचना अधुरो र अलपत्र अवस्थामा रहेको भन्दै त्यस भेगका जनता दुर्घट्नाको जोखिमसंगै विभिन्न खाले समस्या भोग्न बाध्य भएको जनाइएको छ ।
उक्त सडक र पुल निर्माण भएपछि त्यस भेगका डिमन, डाढा, त्रिकौल, पिपराही, गोइठी, बलिया, बथनाहा, बनौली, पकरी, चिम्टी, महुली, जण्डौल, लोहजरा लगायतका गाउँका वासिन्दाका साथै फत्तेपुर र राजविराजका जनता समेत लाभान्वित हुने भएपनि ठेकेदारको लापरवाहीले सबैले पीडा भोग्नु परिरहेको ज्ञापनमा उल्लेख छ । त्यस भेगका जनताको एक मात्रै विकल्पका रुपमा रहेको सो सडक र पुल वर्षाेदेखी निर्माणाधीन अवस्थामा रहदा वर्षायाममा यस भेगका विरामीलाई अस्पताल पु¥याउन, विद्यार्थीलाई टाढाको विद्यालय पु¥याउन तथा अन्य आवश्यक कामकाजले सदरमुकाम राजविराज पुग्न निकै सास्ती भोग्नु पर्ने बाध्यता छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले उक्त सडक र पुल निर्माण कार्यको जिम्मा पाएका कम्पनीका प्रतिनिधी झिकाई समस्या समाधानका लागी पहल गर्ने प्रतिबद्धता जनाएको टोलीका अगुवाहरुले जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ