News Category 2082/03/04
ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
तीन दिनअघि मात्र विवाह बन्धनमा बाधिएका सप्तरीको रुपनी गाउँपालिका १ निवासी २४ वर्षिय मो.आजाद मियाँको मंगलबार राती दुर्घटनामा परि मृत्यु भएको छ ।
गत आइतबार मात्रै विवाह भएको मो.आजाद चढेको मोटरसाइकललाई मंगलबार राती ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
राती ९ः३० बजेतिर प्र.२–०१–००१प.३१३५ नम्बरको मोटरसाइकल चढेर काम विशेषले शम्भुनाथ बजारतर्फ जाँदै गर्दा विपरीत दिशाबाट तिब्र गतिमा आउँदै गरेको स.१प.४९७२ नम्बरको ट्याक्टरले शम्भुनाथ चौक नजिकै ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका उनको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सो दुर्घटनामा उनीसँगै सवार सोही वडाका १८ वर्षिय मो. समिर मियाँ गम्भिर घाइते भएका छन् । उनको धरानस्थित विपि कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्याक्टर र चालक शम्भुनाथ नगरपालिका १ बस्ने २७ वर्षिय कैलाश यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ