News Category 2082/03/04
नगरपालिका कर्मचारीको आन्दोलन जारि
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
विगत ६ दिनदेखी धर्नामा बसेका राजविराज नगरपालिकाका कर्मचारीहरुको माग प्रति समर्थन जनाउने क्रम बढ्दै गएको छ ।
यसै क्रममा बुधबार गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका प्रत्याशी इरसाद अंसारी, लोसपाका तर्फबाट मेयर पदका प्रत्याशी तथा वर्तमान राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी, समाजसेवी हितनारायण लाल दाससहित एक दर्जन सामाजिक अगुवाहरुले धर्नास्थलमै पुगेर एकयबद्धता जनाएका हुन् ।
उनीहरुले नगरपालिकामा भएको तोडफोडको भत्र्सना गर्दै कर्मचारीहरुमाथी कुटपिट र लुटपिटमा संलग्नहरुलाई पक्राउ गरि कडा कारवाही हुनुपर्ने माग समेत गरेका छन् ।
राजबिराज नगरपालिकाका कर्मचारीहरुले विगत ६ दिनदेखी कुटपिट, गालीगलौज गर्नेमाथी कारवाही तथा काम गर्ने भयमुक्त वातावरणको माग गर्दै धर्ना कार्यक्रम गर्दै आएका छन् । जसकारण नगरपालिकाको कामकाज ठप्प भएको छ ।
कमर्चारीहरूले दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता नभएसम्म आन्दोलनलाई जारि राख्ने अडान लिएका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका ईकाइ समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।
यस्तै कुटीपीट र लुटपीटमा संलग्नलाई पक्राउ गर्नूका साथै कर्मचारीहरुले १५ वर्ष देखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक दासलाई कार्यपालिकाको पछिल्लो निर्णय अनुसार पुनः काममा लगाईनु पर्ने, दैनिक ज्यालादारी कर्मचारीको १६ दिनको बाँकी रहेको तलब भुक्तानी दिनु पर्ने, कुटपीट र तोडफोडमा संलग्न योजना अधिकृत मनोज यादव सहितका ब्यक्तीलाई कारवाही तथा कर्मचारीको दुर्घटना बीमाको व्यवस्था लगायतका माग समेत अघि सारेका छन ।
गत जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा भईरहेको आन्दोलनको क्रममा राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरुलाई पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ