News Category 2082/03/06
दुई हजार ७ सय ९४ जना मिटरब्याज पीडितहरुबाट प्रहरीमा उजुरी
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
मिटर ब्याजमा ऋण लिएका पीडितहरुको संख्या सप्तरीमा बढ्दै गएको छ । जिल्लामा हालसम्म २ हजार ७ सय ९४ जना पीडितहरुबाट प्रहरीमा उजुरी परेको छ ।
जसमध्ये अहिलेसम्म ५ सय ८ वटा उजुरी मात्र फछ्र्यौट भएको छ भने २ हजार २ सय ८६ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले हालसम्म फछ्र्यौट भएका उजुरी मध्ये १ सय ४२ वटामा सहमति मार्फत, ३८ वटा मुद्दा दर्ता मार्फत तथा बाँकी कानुनी प्रक्रिया अनुसार फछ्र्यौट भएको बताए । उनले अब नयाँ व्यवस्था अनुसार बाँकी रहेका उजुरीहरुको फछ्र्यौट जिल्ला प्रशासन कार्यालयबाट हुने जानकारी समेत दिए ।
यस अघि जिल्ला प्रहरी कार्यालय मार्फत अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी, छानबिन तथा फछ्र्यौट गर्ने काम हुँदै आएकोमा अव जिल्ला प्रशासन कार्यालयबाट हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले दुई दिनअघि सूचना जारी गर्दै अव जिल्लाभित्र हुने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी, छानबिन तथा फछ्र्यौट कार्यहरु हुने जानकारी गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ