News Category 2082/03/08
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भलुवा जाने सडक खण्डमा आइतबार बिहान ६ बजे कंकालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को.१०प. ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा.५५प. ६६३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बा.५५प.६६३९ नम्बर मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ११ स्थित राजपुर घर भएका १९ वर्षीय अविनाश मण्डलको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी को.१०प.५६२ नम्बर मोटरसाइकलका चालक कंचनरुप नगरपालिका १ बैरवा निवासी ३४ वर्षीय ओम प्रकाश पंजियारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार कञ्चनरुप १ का ३० वर्षीय सुभाष महतो सामान्य घाइते भएका थिए । उनलाई उपचारपछि न्युरो अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्ले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ