News Category 2082/03/08
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुभारम्भ गरेको थ्री फेज कृषी विद्युतिकरण कार्यको चार दिन नबित्दै शनिबार मध्य राती विद्युतको ट्रान्सफर्मर तोडफोड गरिएको पाइएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले वडा नं. ६ अन्तरगत किसानहरुका लागि लगाइएको थ्री फेज कृषी विद्युतीकरणको एक सय केभिएको ट्रान्सफर्मर शनिबार मध्यराती तोडफोड गरि खेतमा फ्यालिएको अवस्थामा पाइएको हो ।
पालिकाका नगरप्रमुख बिरेन्द्र माझीले किसानहरुका लागि जडान गरिएको ट्रान्सफर्मर तोडफोड गरि खेतमा फ्यालिएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरीले घटनको अनुसन्धान थालेको जानकारी दिए ।
“राती ११÷१२ बजेसम्म किसानहरुले मोटरबाट खेतमा सिंचाई गरे” नगर प्रमुख माझीले भने, “मध्यरातीको २÷३ बजेतिरको घटना हुनसक्छ, मैले बिहान ७ बजेतिर मात्र जानकारी पाएको हुँ,।”
गत बुधवार मात्र मुख्यमन्त्री सिंहले थ्री फेज कृषी विद्युतिकरण कार्यको शुभारम्भ गरेका थिए । कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
उक्त विद्युतिकरण कार्यले ती क्षेत्रका कृषकहरूले डिजेलपम्पमा निर्भर हुनु नपर्ने नगरप्रमुख माझीले बताउँदै सिंचाइका लागि आवश्यक पर्ने विद्युत महसुल नगरपालिकाले नै व्यहोर्ने जनाए ।
थ्री फेज विद्युतिकरणपछि किसानले सहज रूपमा मोटरपम्प चलाउन सक्ने र समयमै खेतमा पानी पु¥याउन सक्ने भएकाले उत्पादनमा उल्लेख्य वृद्धि हुने आशा गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ