News Category 2082/03/09
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लगि ४८ करोड ५५ लाख ४३ हजार ४ सय ३१ रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार गाउँसभाको बैठकमा उपाध्यक्ष पुष्षा श्रेष्ठ लौगीले उक्त बजेट प्रस्तुत गर्दै संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानिकरण ९ करोड ४२ लाख, राजस्व बाँडफाँट ९ करोड ५५ लाख, सशर्त अनुदान २३ करोड ८९ लाख, समपुरक अनुदान २ करोड १५ लाख र विशेष अनुदान १ करोड रुपैयाँ रहेको बताइन् ।
यस्तै मधेश प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्तर्गत समानिकरण ६५ लाख २० हजार, राजस्व बाँडफाँट ५३ लाख ६८ हजार र सम्पुरक अनुदान २० लाख, प्रदेश सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख र आन्तरिक श्रोतबाट ६० लाख रुपैयाँ आय अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले जानकारी दिए ।
सो गाउँसभाबाट शिक्षामा सुधार ल्याउन विद्यालय सञ्चालन रहेका बेला कक्षाकोठामा मोवाईलको प्रयोग निषेध गर्ने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि ल्याएको बार्षिक नीति तथा कार्यक्रममा कक्षाकोठामा शिक्षकहरुलाई मोवाईल प्रयोगमा निषेध र प्रयोग गर्ने शिक्षकलाई कारवाही गर्ने उल्लेख छ ।
गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सोमबार सातौं गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कक्षाकोठामा शिक्षकहरु लाई मोवाइल प्रयोगमा निषेध गर्नुका साथै विद्यालयमा सुर्तिजन्य पदार्थ पनि पुर्ण रुपमा निषेध गरिने बताए ।
उनले कृषि क्षेत्रको विकासका लागि मलखाद विउ बिजनमा अनुदान, प्राङ्गारिक कृषि खेतीमा जोड, कृषकको वर्गिकरण गरि परिचयपत्र वितरण र दलितहरुको लागि घर मिटर निशुल्क उपलब्ध गराईने घोषणा गरे ।
पालिकाबाट सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा बेरोजगार रहेका श्रमिकलाई सहभागि गराउनुका साथै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिहरुको परिचालन गरि रोजगारको अवसर सृजना गरिने अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
जेष्ठ नागरिक, अशक्त, असहायहरुको लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गरि प्लाष्टिक जन्य र वातावरण प्रदुषित बनाउने दैनिक प्रयोगका सामग्रीलाई निरुत्साहित गर्दै आगामी आर्थिक बर्ष भित्र सुरक्षित नागरिक आवास नीति अनुरुप परालको घर न्यूनीकरणमा जोड दिईने नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ