News Category 2082/03/15
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
मोटरसाइकल एक आपसमा ठोकिएर चालक सडकमा हुत्तिदा ट्रकले किचिएर ज्यान गएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ विष्णपुृर चौक नजिकै आईतवार दिउँसो भएको उक्त दुर्घट्नामा सोही पालिकाको वडा नं. ९ वस्ने ४५ वर्षिय दिपेन्द्र विश्वकर्माको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार पुर्वबाट पश्चिम तर्फ जादै गरेका विश्वकर्मा चढेको प्रदेश १–०५–००१प.१५ नं. को मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको स.२प.१९८५ नं.को मोटरसाईकल एक आपसमा ठोकिएको थियो । सो क्रममा मोटरसाईकल अनियन्त्रित भई सडकमा बजारिएका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ख.३६३ नं.को ट्रकले किच्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रक चालक हेटौडा उपमहानगरपालिका १५ वस्ने २९ वर्षिय राम कुमार श्रेष्ठ तथा अर्का मोटरसाईकल चालक खडक नगरपालिका ७ वस्ने ३८ वर्षिय भुपेन्द्र साहलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ