News Category 2082/03/17
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजाले सप्तरीको शिक्षा क्षेत्रमा प्रश्न चिन्ह खडा गरेको छ । उक्त परीक्षाको परिणामले जिल्लाको शिक्षा क्षेत्र कमजोर देखाएको छ ।
शुक्रबार साँझ सार्वजनिक भएको नतिजामा सप्तरीबाट ३५ दशमलव ३९ प्रतिशत विद्यार्थी मात्र ग्रेडिङमा परेका छन् । यसले यहाँको शिक्षाको गुणस्तरमाथी प्रश्न चिन्ह त खडा गरेकै छ भने अर्कोतिर शिक्षकहरुको शिक्षा दिने विधिमा पनि औला ठड्याउने बाटो खुलेको छ ।
वि.सं. २०८१ चैतमा लिइएको एसइईमा परीक्षामा जिल्लाबाट ९२ सामुदायिक विद्यालय ५२ संस्थागत विद्यालय गरी एक सय ४४ विद्यालयका ८ हजार चार सय ४४ जना सहभागी भएका थिए । त्यसमध्ये २ हजार आठ सय ६९ विद्यार्थी विभिन्न ग्रेड ल्याएर उत्तीर्ण भएका छन् भने ५ हजार दुई सय ३८ जना विद्यार्थी कुनै पनि ग्रेड ल्याउन सकेनन् ।
ठुलो संख्यामा विद्यार्थी ननग्रेड (एनजी) मा परेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिएका छन् ।
सप्तरीबाट ३ दशमलव ६० देखि ४ जिपिए २७४ जना, ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ७ सय ६९ जना, २ दशमलव ८० देखि ३ दशमलव ८० जिपिए १ हजार १ सय ५७ जना, २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए ६ सय ४३ जना र २ देखि २ दशमलव ४० देखि ४ जिपिए २६ जनाले प्राप्त गरेको उनले बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख शशी यादवले अन्य जिल्लाको एसइई नतिजालाई हेर्दा तुलनात्मक रूपमा सप्तरीको ग्रेडिङ प्रतिशत न्यून रहेको बताए ।
नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष एवम् कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटी रायपुरका प्रधानाध्यापक परशुराम यादवले सप्तरीको नतिजा सन्तोषजनक नरहेको बताउँदै गत वर्ष कम विद्यार्थी ग्रेडिङमा परेको प्रति चिन्ता व्यक्त गरे । उनले कक्षा ८ मा हुने पालिका स्तरिय परीक्षाको नतिजालाई विश्लेषण गरी त्यसै अनुसारको नीति लिएर गुणस्तरीय शिक्षाका लागि सरोकारवाला पक्षले काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ