News Category 2082/03/17
आधारभूत पत्रकारिता तालिम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा सञ्चालित सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
”नागरिक सचेतनाका लागि सञ्चार” मूल नाराका साथ असार ११ गते देखि सञ्चालन गरिएको तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले यस गाउँपालिकामा पत्रकार उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
पालिकामा पत्रकार नहुँदा यहाँको विभिन्न समस्या र विकासका कामहरु मिडियामा कम आउने गरेको आवश्यकतालाई महसुस गरेर सबै वडाबाट सहभागि छनौट गरी तालिमा सहभागि गराईएको जानकारी दिए । सीपमूलक तालिम दिएर पालिकाका युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य अनुरुप अगाडी बढेको प्रष्ट पार्दै उनले पत्रकारिता गरेर स्वरोजगारमा लाग्न सकिने विश्वास व्यक्त गरे ।
उनले तालिमका सहभागिहरु सिकेको सीपलाई उपयोग गरेर सकारात्मक र नकारात्मक दुवै समाचार लेख्न आग्रह गरे । “तालिमलाई तालिममा मात्र सिमित नगर्नुस्, यस पालिकामा कृषि, सडक, सिंचाई, शिक्षा लगायतको क्षेत्रमा धेरै काम भएको छ । त्यसलाई सञ्चार माध्यम मार्फत उजागर गर्नुस्” अध्यक्ष यादवले भने ।
आउने दिनमा यस पालिकाबाट पत्रकारिता गर्ने पत्रकारहरुको लागि हरेक किसिमको सहयोग र सपोर्ट गर्ने उनले प्रतिवद्धता जनाए । “सत्य तथ्यमा आधारित रहेर निष्पक्ष र स्वतन्त्र भएर पत्रकारिता गर्नुस्” सहभागिहरुलाई यादवले आग्रह गरे ।
यस्तै विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवले पत्रकार आचारसंहिताको पालना गरेर पत्रकारिता गर्न आग्रह गरे । आचारसंहिताको लक्ष्मण रेखा नाघेर पत्रकारिता गर्नेहरु जोखिमा पर्ने भएको हुँदा त्यस प्रति सचेत रहेर पत्रकारिता गर्नेहरुको स्तरवृद्धिका लागि नेपाल पत्रकार महासंघले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
अभिव्यक्ति मिडिया प्रालिका अध्यक्ष एवं आमसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित समापन समारोहमा वडा नम्बर १ का वडाध्यक्ष बलराम यादव, वडा नम्बर ५ का वडाध्यक्ष जिवछ मंडल, वडा नम्बर ७ का वडाध्यक्ष लोचन साह र तालिमका प्रमुख प्रशिक्षक विनय कुमार लाल कर्णले सहभागिहरुलाई पत्रकारिता गरेर स्थानिय समस्या र विकासका कामहरु मिडियामा ल्याउन सुझाव दिए ।
समापन समारोहमा प्रमुख अतिथि यादव सहितका अतिथिहरुले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरे । यसैगरि आयोजक संस्थाका अध्यक्ष श्यामसुन्दर यादवले प्रमुख अतिथि सहित अतिथि र प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ