News Category 2082/03/17
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ स्थित महदेवपट्टी नजिकै यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बिरगंजबाट विराटनगरतर्फ गइरहेको को.१ख. ५४३८ नम्बरको यात्रुबाहक बसले सडक पार गर्दै गरेका सोही वडा निवासी रोजित शेखका ८ वर्षीय छोरा आयन शेखलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाको जानकारी पाएपछी इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक सुनसरी, इटहरी उपमहानगरपालिका ५ का ४५ वर्षीय मनोरथ पोखरेललाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।
दुर्घटना पशचात् आक्रोसित भएका स्थानीयले दिउँसो करिब २ः१५ बजेदेखि टायर बालेर राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर स्थानीयलाई सम्झाइबुझाइ गरि करिब साढे चार घण्टा पछी बाटो संचालनमा ल्याएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ