News Category 2082/03/18
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
दैनिक समाचारदाता
राजविराज, १८ असार ।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले “शिर्ष खबर डट्कम” मा प्रकाशित समाचारप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका सहसचिव डम्बर राईद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा महासंघको अतिथि गृह निर्माण क्रममा मधेश प्रदेशका तत्कालीन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहलाई कमिसन दिएको भनेर सुनियोजित ढंगले समाचार प्रकाशित गरिएको ठहर गरेको छ ।
“शिर्ष खबर डट्कम” ले पटक पटक महासंघका पदाधिकारीलाई बदनाम गर्न सुनियोजित ढंगले तथ्यहिन भएर एकतर्फी रुपमा भ्रमपूर्ण सामग्री प्रकाशन गर्दै आएकोमा नेपाल पत्रकार महासंघ, शाखा सप्तरी यस किसिमको भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने समेत विज्ञप्तिमा जनाइएको छ ।
“समाचारमा भनिएजस्तो कसैलाई पनि कुनै किसिमको कमिसन नदिइएको प्रष्ट पार्न चाहन्छौं । समाचारमा राखिएको फोटो पनि हाम्रो आधिकारिक नभएको अवगत गराउँदछौं ।” विज्ञप्तिमा भनिएको छ, “तत्कालीन मधेश प्रदेश सरकारको सहयोगमा तीन तल्ला ’पत्रकार अतिथि गृह (भवन)’ २०८० सालमै निर्माण भएको सर्वविदितै छन् । मधेश प्रदेशका तत्कालीन अर्थ मन्त्री साह र नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष शम्भु झाको विशेष पहलमा नेपाल पत्रकार महासंघको अतिथि गृह निर्माणका लागि पहिलो पटक रु. २५ लाख र दोश्रो पटक रु. ६० लाख विनियोजन भएको जानकारी गराउँदछु । उक्त बजेटले तीन तल्ला भवनमा आठ वटा कोठा निर्माण गरिएको छ । ४ वटा कोठा एट्याच बाथरुमसहितको डिलक्स बनाइएको छ । भुइँ तल्लामा पार्किङ र क्यान्टिन पनि निर्माण भएको छ । उक्त भवन निर्माणका लागि कुल ८५ लाख बिनियोजन हुँदा पनि महासंघले झण्डै १२ लाख कम अर्थात् ७३ लाख मात्रै खर्चिएको हो । यसरी हेर्दा बाँकी झण्डै १२ लाख बजेट प्रदेश सरकारकै खातामा फिर्ता भएको छ । भवन निर्माणमा कुनै किसिमको अनियमितता भएको छैन ।”
अन्तमा विज्ञप्तिमा बिना कारण नेपाल पत्रकार महासंघ, सप्तरी र पदाधिकारीलाई निरन्तर बदनाम गराउने कुकृत्यप्रति हामी घोर भत्सर्ना गर्दै यस किसिमको तथ्य बिनाको समाचार नलेख्न र समाचार लेख्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालन गर्न आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ