News Category 2082/03/19
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलेर भारतबाट ल्याउँदै गरेको लाखौं मुल्य बराबरको कपडा तथा अन्य सामाग्रिहरु बरामद गरेको छ ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ कुशहा चौकस्थितमा प्रहरी गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी अटोमा ल्याउँदै गरेको ५ लाख १७ हजार ९ मुल्य बराबरको कपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार मधेस प्रदेश ०१–००१ह.१४१९ नम्बरको अटोमा लोड गरी सुतीको साडी, लेडिक कुर्ता सुरुवाल लगायतका सामानहरु ल्याउँदै गर्दा प्रहरीहरुलाई देख्ने बित्तिकै मानिसहरु फरार भएको जनाएको छ ।
यस्तै प्रहरीले जिल्लाकै बोदेबर्साईन नगरपालिका १० खडकपुर नजिकै हनुमान मन्दिरस्थित भारतबाट अवैध रुपमा भन्सार छलि भारतीय नम्बरको मोटरसाइकलमा बोराहरु लोड गरी ल्याउदै गरेको दुध र तेल प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय राजबिराज सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्नै बित्तिकै मोटरसाइकलसहित करिब ४८ हजार मुल्य बराबरको सामान छोडी मानिसहरु फरार भएका थिए ।
यसैगरि जिल्लाको विष्णुपर गाउँपालिका ५ विष्णुपुर चौकस्थित खटेको गस्ती प्रहरी टोलीले विभिन्न कपडाहरु बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलि तथा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीहरुलाई देख्ने बित्तिकै बोराहरु सोही स्थानमा छाडी मानिस फरार भएको जनाइएको छ । बरामद गरिएका सामानहरु ४५ हजार ७ सय मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
तीनै स्थानबाट बरामद गरिएका सामान तथा मोटरसाइकल र टेम्पु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ