News Category 2082/03/19
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइईमा) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।
नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुबाट एसइईमा ’ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो ।
सुरुङ्गामा सर्वाधिक ४ जिपिए ल्याउने जनता मावि शिशुवारीका छात्रा कृतिका थापा मगरलाई एक लाख रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको छ ।
यस्तै सोही विद्यालयका प्रतिमा मगर ३ दशमलव ८३, अपन कार्की ३ दशमलव ८२, उदितनारायण महतो ३ दशमलव ७२, जनता मावि कुशहाका चिरञ्जिवी चौधरी ३ दशमलव ७९, मावि टिकुलियाका मिथिलेश कुमार यादव ३ दशमलव ७०, मावि भेडियाका कृपा राउत ३ दश्मलव ७० जिपिए ल्याएका छन् ।
उनीहरुलाई प्रोत्साहन स्वरुप जनही १५ हजार रुपैयाँको दरले पुरस्कार सहित सम्मान गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन गर्न नगरपालिकाले बुधवार कार्यक्रमको आयोजना गरी बालबालिका संरक्षण तथा शैक्षिक कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा एसइईमा २०८१ मा सर्वोत्तम उपलब्धि स्तर प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार तथा अभिभावकलाई सम्मान गरिएको नगर प्रमुख चौधरीले जानकारी दिइन् ।
सुरुङ्गा नगरपालिकाबाट ५ सय ७८ जना एसइई परीक्षामा सहभागी भएका थिए । त्यस मध्ये २ सय ५२ जना ग्रेडिङ्गमा उत्तीर्ण भएको छ । एसइईमा ४५ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ ।
सप्तरीबाट ३५ दशमलव ३९ प्रतिशत विद्यार्थी मात्र ग्रेडिङमा परेका छन् । वि.सं. २०८१ चैतमा लिइएको एसइईमा परीक्षामा जिल्लाबाट ९२ सामुदायिक विद्यालय ५२ संस्थागत विद्यालय गरी एक सय ४४ विद्यालयका ८ हजार चार सय ४४ जना सहभागी भएका थिए । त्यसमध्ये २ हजार आठ सय ६९ विद्यार्थी विभिन्न ग्रेड ल्याएर उत्तीर्ण भएका छन् भने ५ हजार दुई सय ३८ जना विद्यार्थी कुनै पनि ग्रेड ल्याउन सकेनन् ।
जिल्लाबाट ३ दशमलव ६० देखि ४ जिपिए २७४ जना, ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ७ सय ६९ जना, २ दशमलव ८० देखि ३ दशमलव ८० जिपिए १ हजार १ सय ५७ जना, २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए ६ सय ४३ जना र २ देखि २ दशमलव ४० देखि ४ जिपिए २६ जनाले प्राप्त गरेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख शशी यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ