News Category 2082/03/22
सडक मै ढाट तेर्साएर चक्काजाम
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
वर्षाैदेखी अलपत्र अवस्थामा रहेको सडक स्तरोन्नतीको माग गर्दै स्थानीयले चक्का जाम गरेका छन । सप्तरीको राजविराज–भारदह सडकखण्डको मंसापुरमा आईतवार स्थानीयले सडकस्तरोन्नतीको माग गर्दै चक्का जाम गरेका हुन ।
उक्त सडकखण्डको तिलाठी कोइलाडी–७ मंसापुरमा स्थानीयले सडक मै ढाट तेर्साएर चक्काजाम गरेका हुन ।
ठेकेदारको लापरबाहीले ४ वर्षदेखि सडक अलपत्र परेको सो सडक खण्डमा खाल्डाखुल्डी र धुलो उड्नाले दिनहुँ सर्वसाधारणले समस्या भोग्दै आउनुपरेपछि आक्रोशित स्थानीयले नाराबाजी गर्दै चक्काजाम गरेका छन । जसकारण दुबै तर्फ सवारी साधानहरुको लाम लागेको छ भने यात्रहरुको विजोग भएको छ ।
ठेकेदार र सरोकारवाला निकाय मौन भएर बसेको तथा पटक–पटक आश्वासन मात्र दिएर पन्छिनु बाहेक केही नगरेकाले चक्काजाममा उत्रिुन परेको स्थानीयवासी राधेश्याम यादवले बताए ।
राजविराज सदरमुकाम जोड्ने उक्त सडक खण्डको झण्डै १८ किलोमिटरको बाटो निर्माण काम ठेकेदारको लापरवाहीका कारण ४ वर्षदेखि अलपत्र अवस्थामा परेको छ । जसकारण आवतजावतमा कठिनाई तथा दुर्घट्नाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ ।
जिल्लाको शभ्मुनाथ नगरपालिकामा रहेको साह इन्जिनियरिङ कन्स्ट्रक्सनले ४ वर्ष अघि २५ करोड ७१ लाखमा उक्त सडक निर्माण कार्यको ठेक्का लिएर बिचैमा अलपत्र छाडेपछि सडकको अबस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।
यस सडक खण्डमा अन्य समयमा धुलो र वर्षाको समयमा हिलोको समस्या सर्वसाधारणले खेप्नु परेको छ । ठेकेदारले विभिन्न बहाना लगाएर आलटाल गर्दै आएपनि काम गरेको भुक्तानी लिएर सडकलाई अलपत्र पारेर छोडेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरूण कुमार मण्डलको भनाई छ ।
चक्का जामका कारण त्यस सडकबाट आबतजावत गर्ने सबारी साधन ठप्प भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले स्थानीयलाई सम्झाई बुझाई गरी निर्माण कार्यमा ढिलाई गर्ने ठेकेदारलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि तीन घण्टा पश्चात आवागमन सुचारु गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ