News Category 2082/03/31
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने

दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
राजविराजमा जारी सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिग प्रतियोगिताको फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार सम्पन्न दुई खेल कन्चनरुप राइनोज समुह ’ए’ को उपविजेताको रुपमा तथा खडक वारियर्स समुह ’बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेका हुन् ।
यस अघिनै समुह ’ए’ को विजेताको रुपमा राजविराज राजदेवी रोयल तथा समुह ’बि’ को विजेताको रुपमा तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरिसकेका छन् । बुधबार प्रतियोगिताको दुवै सेमीफाइनल खेल हुनेछन् भने फाइनल खेल साउन १ गते बिहीबार हुनेछ ।
स्थानीय पवि स्कुलमा सम्पन्न पहिलो खेलमा हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कन्चनरुप राइनोजले सेमीफाइनलमा स्थान पक्का गरेको हो । सम्पन्न खेलमा कन्चनरुप राइनोजले पाएको ३८ रनको सामान्य लक्ष्य ८.४ ओभरमा ६ विकेट गुमाएर भेटायो । राइनोजको लागि महानन्द यादवले सर्वाधिक १४ रन योगदान दिए जुन क्रममा १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । राकेश कामतले ८ रन, रौनक सिंहले ६ रन तथा रिराज सहाले ५ रन योगदान दिए ।
हिरोजको बलिङमा सन्जन बैठाले सर्वाधिक ३ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन । २. ४ ओभरमा उनले २२ रन खर्चिए । गोमानन्द अमात्यले २ तथा सन्जिब मण्डलले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको हनुमाननगर हिरोजले १०. ३ ओभरमा ३७ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । राइनोजका बलर शम्भु मण्डल र अभिमन्यु सरदारले समान ४ विकेट लिंदै हिरोजको इनिंग्स धरासायी बनाए । प्लेयर अफ द म्याच घोषित मण्डलले ४ ओभरमा २२ रन खर्चिए भने सरदारले ३ ओभरमा ९ रन मात्र खर्चिए । यस्तै मुकेश सिंहले २ विकेट लिए ।
त्यस्तै सम्पन्न दोश्रो खेलमा खडक वारीयर्सले रोयल च्यालेन्जर्स बाह्री वीरपुरलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो । १ सय २२ रनको लक्ष्य वारियर्सले मात्र २ विकेट गुमाएर १६ ओभरमा भेटायो । वारियर्सको जितमा सन्तोष कार्कीले अविजित अर्धशतकीय योगदान दिए जुन क्रममा उनले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए । यस्तै ओपनर फिर्दोश अन्सारीले अविजित ४३ रन बनाए जुन क्रममा ३४ बलमा ६ चौका प्रहार गरे ।
तेश्रो विकेटको लागि कार्की र अन्सारीले अविजित ९२ रनको साझेदारी गर्दै जितसम्म डोर्याए । वीरपुरको बलिङमा राहुल विकले १ मात्र विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बाह्री वीरपुरले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । वीरपुरको आगी भिम यादवले सर्वाधिक २५ रन योगदान दिए । यस्तै तृत राज दासले २२, राहुल विकले १५ तथा अमित यादवले १४ रन बनाए । खडक वारियर्सका बलर फिर्दोश अन्सारी, अभिषेक कार्की र अनिल कुमार यादवले समान २ विकेट लिए । पप्पु यादव (बि) र पप्पु यादव (ए) ले समान १ विकेट लिए ।
उक्त अवसरमा प्लेयर अफ दि म्याच संतोष कार्की र गेम चेन्जर फिर्दाेष कार्कीलाई राजबिराज नगरपालिका वडा ११ का वडा अध्यक्ष उदित नारायण यादब र कार्यपालिका सदस्य ललिता कर्णले कप, नगद पुरस्कार प्रदान गरेका थिए ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ