News Category 2082/04/01
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
राजविराजमा जारि सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिगको फाइनल खेल डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स सप्तरी र राजविराज राजदेवी रोयल्सबीच बिहीबार हुने भएको छ ।
निरन्तर वर्षाका कारण बुधबारको दुवै सेमीफाइनल खेल रद्द हुँदा समुह चरणमा दुई समुहका विजेता टिम फाइनल प्रवेश गरेका हुन् ।
राजविराज राजदेवी रोयल्स र खडक वारियर्स बीचको पहिलो सेमीफाइनल तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोज बीचको दोश्रो सेमीफाइनल खेल निरन्तर वर्षाका कारण सम्भव हुन नसकेपछी आयोजकले समूह बिजेता टिमलाई फाइनलका लागि छनौट गरेको हो ।
८ टिम सहभागी प्रतियोगिताका टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको थियो । समुह ’ए’ को विजेताको रुपमा ३ खेलमा ५ अंक सहित राजविराज राजदेवी रोयल्स सेमीफाइनल प्रवेश गरेको थियो ।
यस्तै समुह ’बि’ बाट ३ खेलमा ६ अंक सहित समुह विजेताको रुपमा तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरेको थियो ।
समुह ’ए’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुह उप–विजेताको रुपमा कन्चनरुप राइनोज तथा समुह ’बि’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुहको उप–विजेताको रुपमा खडक वारियर्स सेमीफाइनल प्रवेश गरेको हो ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ