News Category 2082/04/01
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
भारोत्तोलन संघ सप्तरीको पुर्नगठन गरिएको छ । जिल्ला खेलकुद विकास समितीको सभाकक्षमा विहीवार सम्पन्न भेलाले पुन्तीलाल यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो ।
यादव केही दिन अघिमात्र भारोत्तोलनको सहायक प्रशिक्षक पदबाट सेवा निवृत्त भएका हुन । उनी भारोत्तोलनमा दुई पटक अन्तराष्ट्रिय पदक समेत जितिसकेका छन ।
संघका निर्वतमान अध्यक्ष एवं प्रदेश सांसद महेश प्रसाद यादवको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख दिनेश भुजेलको रोहबरमा सम्पन्न भेलाले उपाध्यक्षमा गोपाल प्रसाद गुप्ता, शान्ति चौधरी सचिव जितेन्द्र प्रसाद गुप्ता र कोषाध्यक्षमा राजेन्द्र प्रसाद यादवको चयन गरेको छ ।
सदस्यहरुमा मनोज यादव, लक्ष्मी दास, सुर्यनारायण दास, हेम नारायण साह, रमेश कुमार सिंह, दिपेन्द्र कुमार यादव सर्वसम्मतले चयन भएका छन ।
यस्तै सल्लाहकार समितीमा प्रदेश साँसद महेश प्रसाद यादव, नेपाल खेलकुद प्रत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, पत्रकार महासंघका कोषाध्यक्ष नविन कुमार गुप्ता, भारोत्तोलन संघका पुर्व अध्यक्ष सुर्यनाथ यादव, डा. शिव शंकर यादव, डा.बिरेन्द्र यादवको चयन गरीएको संघले जनाएको छ ।
नयाँ कार्य समितीको पहिलो बैठकले साउन ३ गते मधेश प्रदेशको बर्दीवासमा हुने संघको मधेश प्रदेश अधिवेशन तथा साउन १५ गते काठमाण्डौमा हुने संघको पाँच साधारण सभामा जिल्ला अध्यक्ष पुन्तीलाल यादवलाई प्रतिनीधीको रुपमा पठाउने निर्णय गरेको छ ।
भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री एवं प्रदेश साँसद समेत रहेका संघका निर्वतमान अध्यक्ष महेश प्रसाद यादवले कार्यब्यस्तताका कारण प्रयाप्त समय दिन नसक्ने भएकाले भेला मार्फत आफुले लामो समय देखी भारोत्तोलन खेलको विकासका लागी योगदान गरेका पुन्तीलाल यादवलाई जिम्मेवारी सुम्पेको भन्दै भारोत्तोलन खेलको विकासका लागी आफ्नो ब्यक्तीगत तथा प्रदेश सकारबाट हुन सक्ने हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ