News Category 2082/04/06
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामानहरु बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ महेन्द्र राजमार्ग स्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ८३ हजार ७६ मुल्य बराबरको विभिन्न किराना सामानहरु बरामद गरेको हो ।
प्रहरी टोलीलाई दख्ने बित्तिकै बोरा छाडी मानिसहरु फरार भएको तथा उक्त बोरा खोली चेकजाँच गर्दा विभिन्न किसिमका ८३ हजार ७६ रुपैया बराबरको किराना सामानहरु फेला परेको जनाइएको छ ।
यस्तै प्रहरीले जिल्लाको बलान बिहुल गाँउपालिका १ चन्ही चौकस्थित भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको ६५ हजार ३ सय मुल्य बराबरको मोटरसाइकलका पार्टहरु बरामद गरेको छ ।
प्रहरी टोलीहरुलाई देख्ना साथ सामानहरु सोही स्थानमा छाडी मानिसहरु फरार भएकोमा वेवारिसे अवस्थामा रहेका उक्त बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र विभिन्न कम्पनीका मोटरसाईकलका पार्टसहरु फेला परेको प्रहरीले जनाएको छ ।
दुबै स्थानबाट बरामद किराना तथा मोटरसाईकलका पार्टसहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ