News Category 2082/04/07
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसअघि गत असार २६ गते मधेश प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
मधेस प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेपछी गृहमन्त्री रमेश लेखकको प्रस्तावमा उक्त निर्णय गरिएको हो ।
मधेस प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र चुरे दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुका साथै नदी तथा कुलोहरूमा जलसतहमा आएको कमीले सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेस गरिएको थियो ।
मधेस सरकारबाट पनि निर्णय भएर आएको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्रकाशित भएको मितिले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएको गृहमन्त्रालयले जनाएको छ ।
मधेस प्रदेशका आठ वटा जिल्लामा सुक्खाका कारण खानेपानी, सिँचाइ तथा कृषि क्षेत्रमा विपद्को अवस्था सिर्जना भएकाले सो प्रदेशभर सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा २ (द) मा विपद् प्रभावित क्षेत्रमा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेमा सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।
मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारबाट निर्णय गर्न सिफारिस भई आएबमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने स्वीकृतिका लागि सङ्घीय सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको गृहमन्त्रालयले जनाएको छ ।
मधेस प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशको कूल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र यस वर्ष रोपाइँ भएको छ । मनसुनमा आधारित कृषि प्रणाली भएकाले सुक्खाका कारण उत्पादनमा ह्रास आउने देखिएको प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
साउनको पहिलो सातासम्ममा सप्तरी जिल्लामा मात्र ३२ प्रतिशत धान रोपाई भएको छ । आवश्यक सिंचाईको सुविधा जिल्लामा नभएकोले रोपाइू हुन नसक्दा यहाँका किसानहरु चिन्तित बनेका छन् । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसान पानी नपरेको कारण रोपाई गर्न सकेको छैन् भने बोर्डिङ्ग र मोटरको प्रयोगबाट सिंचाई गरेर रोपिएको खेतमा पनि धान सुक्न थालेको छ ।
गत वर्ष सप्तरीमा २ लाख ७४ हजार एक सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो । यहाँ कुल ८१ हजार ६ सय ६८ हेक्टर खेती योग्य जग्गा रहेकोमा ६८ हजार हेक्टरमा धान रोपाईं हुँदै आएको थियो ।
असारको सुरुमा एक÷दुई पटक वर्षा भएपनि रोपाइका लागि उक्त वर्षा पर्याप्त भएन् । यता नहरहरुको संरचना जीर्ण भईसकेकोले त्यसलाई सरकारले मर्मत सम्भार नगर्दा उपलब्ध हुने सिंचाई समेत प्रभावित भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ