News Category 2082/04/10
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
राजविराज÷राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर विगत १८ दिनदेखी वेपत्ता भएका छन् ।
चिया खाएर आउँछु भनि काम गर्ने कम्पनीबाट निस्केका सप्तरीको खडक नगरपालिका ३ घर भएका ५८ वर्षिय उपेन्द्र कुमार भगत वेपत्ता भएका हुन् । उनी विगत २० वर्ष देखि उक्त कम्पनीमा काम गर्दे आएका थिए ।
शनिवार कम्पनीका संचालक समेत रहेका उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले भगतको हुलिया विवरण सहित प्रहरीमा निवेदन दिदै खोजतलाशमा सहयोग गरिदिन अपिल गरेका छन् ।
अग्रवालका अनुसार भगत असार २५ गते बिहान ७ बजेतिर कम्पनीबाट निस्केका थिए । त्यति बेला कम्पनीमा रहेका कर्मचारी वैद्यनाथ दासलाई “चिया खाएर आउँछु” भन्दै उनी हिडेको संचालक अग्रवालको भनाई छ ।
भगतले प्रयोग गर्ने कम्पनीको ९८०१६२३४५७ नम्बरको मोवाइल चार्जमा लगाएर अर्का कर्मचारी वैद्यनाथ दासलाई चिया खाएर एकै छिनमा आउँछु भनी निस्केका थिए । संचालक अग्रवालले अबेर राती सम्म पनि नफर्केपछि आफन्त, चिनजानका सबै र नेपाल तथा भारतमा रहेका इष्टमित्र सबैमा जानकारी गराएर खोजतलास गर्दा पनि हालसम्म फेला पर्न नसकेको बताए ।
प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले सम्पर्क बिहिन अवस्थामा रहेका भगतको सबै प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गराई खोजी कार्य शुरु गरिएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ