News Category 2082/04/11
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यबस्था सुदृढ गर्नु पर्नेमा जोड दिएका छन् ।
सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका अन्तर्गत तुलसी चोकमा आइतबार आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्र नेपालद्वारा आयोजित “आदिवासी जनजाती खाद्य र अर्थब्यबस्था” भन्ने बिषयको दुई दिवसीय अन्तरक्रिया छलफल कार्यक्रममा उनले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मन्त्री लेखीले अन्तरक्रियालाई सम्बोधन गर्दै आदिवासी जनजाती समुदाय भाषिक, सांस्कृतिक र सामाजिक रुपमा समृद्द समुदाय भएपनी केही सिमित आदिवासी समुदाय बाहेक अन्य आदिवासी जनजाती समुदाय आर्थिक रुपले बिपन्न रहेकाले ती समुदायहरुको आर्थिक बिकास गर्नु राज्यको दायित्व रहेको बताए ।
उनले बर्तमान समयमा आदिवासि जनजाती समुदायको परम्परागत खाद्य संस्कार लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै बातावरणिय प्रणालीमा समस्या उत्पन्न भएकोले त्यसको प्रत्यक्ष असर जलवायु परिवर्तनसंग पनि जोडिएको उल्लेख गरे ।
“समृद्द नेपालको निर्माणको लागि आदिवासी जनजाती समुदायको महत्वपुर्ण भुमिका रहने भएको हुदा परम्परागत खाद्य पहिचान गर्दै आदिवासी जनजाती समुदायको अर्थब्यबस्था सुदृढ गरिनु पर्छ ।” उनले भने ।
आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्रका कार्यकारी निर्देशक पासाङ डोल्मा शेर्पाको अध्यक्षतामा संचालित कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकाल, उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राई, सप्तकोसी नगरपालिकाकी उपप्रमुख रिता चौधरी लगायत स्थानिय संघ संस्थाका प्रतिनिधि, आदिवासी समुदायको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ