News Category 2082/04/11
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यबस्था सुदृढ गर्नु पर्नेमा जोड दिएका छन् ।
सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका अन्तर्गत तुलसी चोकमा आइतबार आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्र नेपालद्वारा आयोजित “आदिवासी जनजाती खाद्य र अर्थब्यबस्था” भन्ने बिषयको दुई दिवसीय अन्तरक्रिया छलफल कार्यक्रममा उनले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मन्त्री लेखीले अन्तरक्रियालाई सम्बोधन गर्दै आदिवासी जनजाती समुदाय भाषिक, सांस्कृतिक र सामाजिक रुपमा समृद्द समुदाय भएपनी केही सिमित आदिवासी समुदाय बाहेक अन्य आदिवासी जनजाती समुदाय आर्थिक रुपले बिपन्न रहेकाले ती समुदायहरुको आर्थिक बिकास गर्नु राज्यको दायित्व रहेको बताए ।
उनले बर्तमान समयमा आदिवासि जनजाती समुदायको परम्परागत खाद्य संस्कार लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै बातावरणिय प्रणालीमा समस्या उत्पन्न भएकोले त्यसको प्रत्यक्ष असर जलवायु परिवर्तनसंग पनि जोडिएको उल्लेख गरे ।
“समृद्द नेपालको निर्माणको लागि आदिवासी जनजाती समुदायको महत्वपुर्ण भुमिका रहने भएको हुदा परम्परागत खाद्य पहिचान गर्दै आदिवासी जनजाती समुदायको अर्थब्यबस्था सुदृढ गरिनु पर्छ ।” उनले भने ।
आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्रका कार्यकारी निर्देशक पासाङ डोल्मा शेर्पाको अध्यक्षतामा संचालित कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकाल, उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राई, सप्तकोसी नगरपालिकाकी उपप्रमुख रिता चौधरी लगायत स्थानिय संघ संस्थाका प्रतिनिधि, आदिवासी समुदायको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ