News Category 2082/04/14
सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वनविनास, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरुलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन आग्रह गरेका छन् ।
सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो आग्रह गरेका हुन् ।
“चुरे विनाशका कारण मधेशका अन्नदाता किसान अहिले आफै त्राहिमाम अवस्थामा छन्, उनले भने–“चुरे विनाशले गर्दा उत्पन्न जल संकट नै त्यसको प्रमुख कारण हो ।”
अन्तराष्ट्रिय संस्था युनेस्कोले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको संकट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यस विपरीत सरकारले गलत नीति अख्तियार गरि चुरेको दोहन जारी राख्दा अहिलेको संकट आएको आरोप लगाए ।
चुरे क्षेत्रको विनाश र त्यसकै नजिकबाट राजमार्ग निर्माण गरि बसोवासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलश्रोतको मुख्य आधारका रुपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाई थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै उनले भूमि सम्बन्धी विधेयक फिर्ता नलिईए जनविद्रोह गर्ने चेतावनी समेत दिए ।् जनसंख्याको आधारमा बजेट ल्याउन माग गर्दै उनले भने ‘४० प्रतिशत जनसंख्यालाई ८९ प्रतिशत र मधेशको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, यो भन्दा ठूलो विभेद के हुनसक्छ ।’ जबर्जस्ती लादिएको संविधानले देशको हित नहुने भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले गलत संविधानकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्था पनि बदनाम भएको दावी गरे ।
प्रदेशलाई अझैं पनि अधिकार नदिएका कारण अपेक्षा अनुसार जनताको काम गर्न नसकेको बताउँदै जसपा अध्यक्ष यादवले भने ‘प्रदेश सरकारलाई न त अधिकार दिएको छ, न पुलिस छ न कर्मचारी, प्रदेशहरुलाई अधिकारविहिन बनाईएको छ ।’
पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेकपा माओवादीका केन्द्रिय सदस्य सूर्यनाथ यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डम्बर साह, लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झा, जनमत पार्टीका जिल्ला ईञ्चार्ज रामगमन साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मधेश प्रदेशका प्रवक्ता मनोज कुमार मण्डल, जसपा नेपालका मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरे ।
कार्यक्रमको बीच बीचमा सप्तरीको मलेठ घटनाका सहिद परिवारलाई सम्मान तथा पार्टीको पक्षमा प्रचारात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
पार्टीको जिल्ला अधिवेशन साउन १४, १५ र १६ गते गरि तीन दिनसम्म चल्ने जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् । अध्यक्ष पदकालागि हालका अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेश प्रसाद यादव र हरेराम यादव चर्चामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ