News Category 2082/04/16
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
अपाङ्गता भएका ब्यक्तीको हक, अधिकार, आत्मनिर्भरता, समानता, समावेशीता र सहज जीवनयापनका लागी सक्रिय एक संस्थाले आगामी आर्थिक वर्षका लागी थप नीती तथा कार्यक्रम ल्याएको छ ।
समावेशी अपाङ्ग संघ सप्तरीले विहीवार राजविराजमा आयोजना गरेको आफ्नो ८औं वार्षिक साधारण सभा तथा संस्थागत नीतीहरु अनुमोदन कार्यक्रममा यस्तो कार्यक्रम ल्याइएको जानकारी गराएको हो ।
कार्यक्रममा संघका अध्यक्ष सतिष चन्द्र झाले शारिरीक रुपमा अशक्त भएकाहरुको जीवन सहज, हक अधिकारको सुनिश्चितता तथा उनीहरुको संरक्षण र सम्बद्धनका लागी चालु आर्थिक वर्ष २०८२÷०८३ मा १० बुंदे निती तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार अपाङ्गता भएका ब्यक्तीहरुको अधिकार, पहूँच र सेवा सुविधा बृद्धिका लागी जनचेतना र वकालत, क्षमता अभिबृद्धि र पुनःस्थापना, सुचना तथा प्रविधीमा पहूँच, विपद जोखिम न्युनिकरण र तालिम तथा व्यवसाय र रोजगारी तालिम सम्बन्धी कार्यक्रम यस वर्ष संचालन हुनेछ ।
यस्तै महिला नेतृत्व विकास आयमुलक तालिम, कार्यालय व्यवस्थापन र पहुँच योग्यता, जलवायु परिवर्तन र वातावरण नीती, अपाङ्गता सहायक समाग्री वितरण लगायतका कार्यक्रम पनि संस्थाले यस वर्ष संचालन गर्ने भएको छ ।
कार्यक्रममा शुभकामना दिदै बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीका अध्यक्ष जगदिश प्रसाद अर्यालयले संघले ल्याएको भावी कार्यक्रमले अपाङ्गता भएको व्यक्तीको जीवनस्तरमा सुधार र सहजतामा ठूलो मदत पु¥याउने भन्दै घोषित निती तथा कार्यक्रम प्रभावकरी कार्यान्वयनमा तीनै तहका सरकारले समेत सहयोग गर्नू पर्ने आवश्यक्ता औल्याए ।
राजविराज नगरपालिकाकी महिला विकास अधिकृत अनिता चौधरीले अपाङ्गता भएका व्यक्ती र तीनका अभिभावक समेतलाई राहत पु¥याउने गरी ल्याइएको कार्यक्रम सफल कार्यान्वयनका लागी नगरपालिकाको तर्फबाट हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन । कार्यक्रममा संस्थाका सचिव अशोक कुमार यादवले वार्षिक प्रगति तथा कोषाध्यक्ष राधा अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
संस्था शिक्षा अधिकृत ज्ञानेन्द्र कुमार झाद्वारा संचालित कार्यक्रममा वडाध्यक्ष अनिल दास, सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, एनसीइ नेपालका अधिकृत जगत कामत, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक प्रकाश नेपाली, संस्थाका लेखा समिती संयोजक नरेश चौधरी लगायतले पनि आ आफनो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ