News Category 2082/04/17
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
दैनिक समाचारादता
राजविराज, १७ साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादव प्यानलसहित मैदानमा उत्रेका छन् ।
शनिबार वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादवले आ–आफ्नो नेतृत्वमा प्यानलसहित उम्मेदवारि दर्ता गराएका छन् ।
निर्वाचन आइतबार बिहान ८ बजेदेखी सुरु भई दिउँसो २ बजेसम्म चल्ने र सोही दिन साँझ मतगणना कार्य सुरु गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिएपछी आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो ।
दुई उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा उमेशप्रसाद यादवको प्यानलबाट उपाध्यक्ष पदमा राजेश्वर राय, हरेराम यादव, सचिवमा निरज मुक्ति, उपसचिवमा राहुल मण्डल र दाउद हुसैन तथा कोषाध्यक्षमा अभिनव यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै सदस्य पदका लागि हुने निर्वाचनमा समेत सो प्यानलबाट ५० वटै पदमा उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका उम्मेदवार उमेश विष्णुपुर गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
केदार प्रसाद यादव नेतृत्वको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण यादव, उषा साह, सचिवमा शम्भुप्रसाद यादव, उपसचिवमा रिता चौधरी, रामेश्वर कुडैरिया यादव तथा कोषाध्यक्षमा अरबिन्द कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला तथा पुरानो निर्वाचन क्षेत्रमा सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास विफल हुनु कतिपयले घाटाको विषय भएको त कतिपयले प्रजातान्त्रिक अभ्यासको रुपमा लिनुपर्ने प्रतिक्रया दिएका छन् ।
अध्यक्षसहित ५७ पदका लागि हुने निर्वाचनमा १८ वटै पालिकाका ५ सय १८ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक कृष्णलाल यादवले जानकारी दिए । एकताको प्रथम जिल्ला अधिवेशनको तीन दिन अघि अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवको गृह जिल्ला सप्तरीमा नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ