News Category 2082/04/18
हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीमा प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित मोटरसाईकल लिएर भाग्ने प्रयास गर्दा हवाई फायर गरी दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीविरपुरका २९ वर्षिय बिशाल राय र डाक्नेश्वरी नगरपालिका ७ मझौराका ३९ वर्षिय मनोज राय छन ।
गोप्य सुचनाका आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई राजविराज–छिन्नमस्ता सडकखण्डबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ सय ७७ ग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन तथा दुई थान मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
पूर्वसूचनाका अनुसार पुगेको प्रहरी टोलीले उनीहरु चढेको स.८प. ८२२५ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्न थालेपछी भाग्न खोज्दा दुई राउण्ड हवाई फायर समेत गरी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ