News Category 2082/04/20
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
राजविराज नगरवासी पीडित संघर्ष समितिले चौथो चरणको आन्दोलन घोषणा पूर्व मंगलबार बृहत भेलामार्फत आन्दोलनको भावी कार्यक्रम बारे आवश्यक सुझाव संकलन गरेको छ ।
दशकौंदेखी ब्लक, बिटौरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले नगरको विभिन्न समस्या समाधानको माग गर्दै चौथो चरणको आन्दोलन पूर्व उक्त सुझाव लिएको हो ।
अब हुने आन्दोलन बजार बन्द, यातायात बन्द, मसाल र सिटी जुलुस, धर्ना, रिले अनसन, कालो पट्टी बाधेर बिरोध प्रदर्शन र राजविराज नगरपालिका कार्यालय, नापी कार्यालय तथा मालपोत कार्यालयमा तालाबन्दी गर्ने निश्कर्षसहित बृहत भेलाका सहभागिहरुले ती आन्दोलनका कार्यक्रमहरु निरन्तर र शान्तिपूर्वक रुपमा गर्नु पर्ने सुझाव समेत दिएका छन् ।
स्थानीय उद्योग बाणिज्य संघको सभाकक्षमा व्यापक सहभागितामा आयोजित भेलाका सहभागिता वक्ताहरुले यसअघि तीन चरणमा भएको आन्दोलनबाट स्थानीय प्रशासन र राजविराज नगरपालिकाको पहलमा एउटा वार्ता समिति गठन गर्नु बाहेक अन्य कुनै उपलब्धी प्राप्त नभएको भन्दै आन्दोलन चर्काउनुको विकल्प नरहेको सुझाव दिएका छन् ।
संघर्ष समितिका संयोजक इरसाद अन्सारीको अध्यक्षतामा आयोजित भेलामा प्रदेश सांसद मनिष सुमन, संविधानसभा सदस्य रन्जित कर्ण, जिल्ला समनवय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, महासचिव अमृत संचेती, माउन्ट सगरमाथा यातायात प्रालीका उपाध्यक्ष दिनेश प्रसाद गुप्ता, निवर्तमान अध्यक्ष नुरुलहोदा अन्सारी, आन्दोलन परिचालन उपसमितिका संयोजक दिपेन्द्र चौधरी, जसपा सप्तरीका अध्यक्ष सत्यनारायण यादव, नेपाली काँग्रेसका प्रभात कुमार ललन, इनरदेव देव, अनिल देव लगायतले बोल्दै संघर्ष समितिले उठाएका जायज माग सम्बोधनमा सम्बन्धीत निकायले ढिलाई गरिरहेकोमा आक्रोस व्यक्त गर्दै आन्दोलन चर्काउने पर्नेमा जोड दिएका थिए ।
यता संघर्ष समितिका संयोजक अन्सारीले प्राप्त सुझावहरुको आधारमा चौथो चरणको आन्दोलन कार्यक्रम दुईभित्र तय गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिए ।
यसअघि आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै भेलाले फेरी आन्दोलनमा जाने निर्णय गरेको राजविराज नगरवासी पीडित संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए ।
बि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बन्चित रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ