News Category 2082/04/23
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरी प्रहरीले बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा शुक्रबार बिहान बरामद गरेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित महादेबा टोलको चन्द्र नहरको डिलमा प्लाष्टिकले बेरिएको १७ वटा पोकाहरुमा बेबारिसे अवस्थामा गाजा बरामद परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको ३ सय ९६ किलो ९ सय ग्राम गाजा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
प्रहरी नायब उपरिक्षक बस्नेतका अनुसार ६ पोका सोही स्थानमा तथा ११ पोका तीन सय मिटर पश्चिम खेतमा राखिएको अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय पातोका अनुसार बरामद गरिएको १७ वटा बण्डलमा रहेको ३ सय ९६ किलो गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरलाई जिम्मा दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ