News Category 2082/04/26
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु भएको छ ।
सोमबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका ८ पोखरियास्थित भित्री सडक खण्डमा टेम्पु र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ न.को टेम्पु रिक्सा र बिपरित दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१–००५प.५७३३ न.को मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ २ कनकपट्टी बस्ने २४ वर्षिय अजय कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको हो ।
यता सोही दुर्घटनामा घाइते भएका टेम्पु चालक शम्भुनाथ ८ पोखरिया बस्ने ४५ वर्षिय मणिलाल मण्डल र सोही टेम्पुमा सवार निजकै श्रीमती ४० वर्षिया आशा देवी मण्डलको एडभान्स अस्पताल कल्याणपुर सप्तरीमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
यसैगरि सोही दिन दिउँसो जिल्लाको बलान बिहुल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामामा सोही गाउँपालिका २ दिघिया टोल बस्ने ३० बर्षीया शान्ति कुमारी यादवको ज्यान गएको हो ।
प्रहरीका अनुसार देवर गयाप्रसाद यादवले चलाएको अन टेस्ट मोटरसाइकलमा आफ्ना तीन बर्षीय छोरा समेतलाई लिई शान्ति बोदेबर्साइनबाट चन्हीतर्फ गइरहेकी थिइन् ।
सोही क्रममा बलान बिहुल ६ शेहरा चौकस्थित हुलाकी सड्क खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक गयाप्रसाद, शान्तिदेवी र उनका तीन बर्षीय छोरा आदित्य घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल पु¥याएकोमा शान्तिदेवीलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ