News Category 2082/04/27
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति रहेको बताएका छन् ।
अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘दिगो विकास र सुनौलो भविष्यको सार, स्थानिय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ सप्तरी युथले मंगलबार राजविराजमा आयोजना गरेको पाँचौं युवा सम्मलेनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण शिक्षा क्षेत्र विग्रिएको बताउँदै आफ्ना नाता गोताका व्यक्तिलाई विद्यालयमा भर्ना गर्ने प्रवृत्तीले पनि शिक्षामा गुणस्तर घट्दै गएको औल्याए । उनले सरकारी र निजी विद्यालयले त्यसमा सुधार ल्याउन पहल गनुपर्ने आवश्यकता रहेको बताए ।
“अहिले युवाहरु लागुऔषध र कूलतमा लागेर आमाबुवाले देखेको सपना सखाप पार्ने काम गर्दे आएका छन । यदि आमाबुवाको सपना पुरा गर्न नसक्ने हो भने सखाप पार्ने काम पनि नगर्नुस्” उनले आग्रह गरे ।
मधेश सरकारले स्किल स्कूलको कन्सेप्ट ल्याउन लागेको जानकारी दिदै मुख्यमन्त्री सिंहले ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरुलाई त्यसमा सहभागिता गराउने जानकारी पनि दिए ।
एक अर्को प्रसङ्गमा मुख्यमन्त्री सिंहले संघीयता र स्थानियततहको अवधारणा आएपछि देशमा विकास भएको दाबी गरे । संघीयता आएपछी हिलो जमेको गाउँमा सडक ढलान भएर विरामीलाई अस्पताल सम्म पु¥याउ सहज भएको उल्लेख गर्दै उनले गाउँमा दुई फिट सम्म हिलो हुन्थ्यो जसले गर्दा विरामीलाई अस्पताल पु¥याउन पनि समस्या थियो तर अहिले गाउँ–गाउँमा सडक ढलान भएको छ र संघीयता आएपछि मात्रै सम्भव भएको बताए ।
सप्तरी युथका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित सम्मेलनमा जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, तिरहुत गाउँपालिका अध्यक्ष विजय कुमार यादव, नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेती, नागरिक समाजका थानसिंह भन्साली, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वास, युवा सत्येन्द्र यादव सहितका वक्ताहरुले सम्मेलनको सफलताको शुभकामना दिए ।
सोही कार्यक्रममा आ–आफ्नो क्षेत्रमा अतुलनीय योगदान पु¥याएका पत्रकार विदानन्द राम, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गायक सन्नु कुमार, महिला क्रिकेट खेलाडी साक्षी यादव र व्यापारी जयकुमार सोनीलाई मुख्यमन्त्री सिंहले सम्मान गरेका थिए ।
सम्मेलनमा जिल्लाको १८ वटै पालिकाका प्रत्येक पालिकाबाट ६÷६ गरी १०८ जना युवाहरुको सहभागीता रहेको र सम्मेलनबाट नयाँ कार्य समिति समेत चयन गरिने आयोजक संस्था सप्तरी युथले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ