News Category 2082/04/28

निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 

दैनिक समाचारदाता

निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 

दैनिक समाचारदाता
राजविराज, २८ साउन ।  

    आँखा उपचार केन्द्र राजविराजले आँखाका रोगीहरुका लागि निशुल्क आँखा जाँच शिविरको आयोजना गरेको छ ।
    नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार प्रणाली, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा राजविराज ९ मलेठस्थित रहेको आँखा उपचार केन्द्रमा आयोजना गरिएको निशुल्क शिविरमा २ सय ६२ जना आँखाका रोगीले सेवा लिएका छन् ।
    शिविरमा आँखाको जाँच, मोतिबिन्दुका अप्रेसन गर्नुपर्ने विरामीहरुको छनौट, ल्याव परीक्षण, सुपथ मुल्यमा औषधी र चश्मा लगायतका सेवा उपलब्ध गराइएको आँखा उपचार केन्द्र राजविराजका प्रमुख डा. रामकुमार झाले जानकारी दिए ।
    उनले सिबिएम जर्मनीको वित्तिय सहयोगमा आयोजित निशुल्क शिविरमा २६२ जना आँखाका रोगीहरुको जाँच गरिएकोमा त्यसमध्ये १ सय ३ जना मोतिबिन्दुको रोगी र ७ जना आँखामा मासु पलाएको रोगी भेटिएको बताए ।
    मोतिबिन्दुको रोगीहरुलाई आँखाको अप्रेसनका लागि आँखा अस्पताल लहान पठाइएको र उनीहरुको अप्रेसन पनि भईसकेको डा. झाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट